Oct 29 2026 | २०८३, कार्तिक १३गते

स्थानान्तरण रोक्ने निर्णयबाट पछि हट्यो त्रिभुवन विश्वविद्यालय !

स्थानान्तरण रोक्ने निर्णयबाट पछि हट्यो त्रिभुवन विश्वविद्यालय !

  • 2.1K
    SHARES

  • स्थानान्तरण  रोक्ने निर्णयबाट पछि हट्यो त्रिभुवन विश्वविद्यालय !

    गत फागुनमा भएको कलेज स्थानन्तरणकाे निर्णयलाई  त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले विद्यार्थीले स्थानान्तरण अर्थात ट्रान्सफर हुन नपाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ । बुधबार बसेको त्रिवि प्राज्ञिक परिषद्को बैठकले विद्यार्थीहरुले कलेज स्थानान्तरण गर्न नपाउने निर्णय स्थगन गर्ने निर्णय गरेको हो ।

     गत फागुन २८ गते त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषदको बैठकले सम्बन्धन प्राप्त कलेजबाट आंगिक क्याम्पसमा र आंगिकबाट सम्बन्धन प्राप्त निजी कलेजमा हुने विद्यार्थीहरुको स्थानान्तरण रोक्ने निर्णय गरेको थियो ।

    मानविकी तथा सामाजिक शास्त्र संकायकी डीन प्रा.डा.कुशुम शाक्यले हाललाई उक्त निर्णय स्थगन भएको जानकारी दिइन् । उनले भनिन् ‘हाललाई निर्णय नम्बर ९९ स्थगन भएको छ । थप निर्णयको लागि समितिले गरेको सिफारिस अनुसार हुन्छ ।’

    परिषद्ले थप निर्णय गर्नको लागि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख डा.पशुपति अधिकारीको संयोकत्वमा अध्ययन समिति गठन गरेको छ । उक्त समितिले सुझाव दिए अनुसार परिषद्ले निर्णय गर्नेछ ।

    विद्यार्थीहरूको कलेज स्थानान्तरण गर्नेसम्बन्धी परिषदको उक्त निर्णय नं. ९९ गलत भएको भन्दै चौतर्फी आलोचना भएपछि बुधबार बसेको त्रिवि प्राज्ञिक परिषदले निर्णय स्थगन गरेको हो ।

    परिषदको निर्णय स्थगनसँगै हाललाई विद्यार्थीहरूको कलेज स्थानान्तरण पहिला हुँदै आएको व्यवस्था बमोजिम नै हुनेछ । परिषदले बिना छलफल ट्रान्सफर रोक्ने निर्णय गरेको भन्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका थिए ।

    images
    बिहिवार, चैत्र ३० २०७९०२:५०:४६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल