Oct 29 2026 | २०८३, कार्तिक १३गते

त्रिविको चेतावनी नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने

त्रिविको चेतावनी नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने

  • 2.0K
    SHARES

  • त्रिविको चेतावनी  नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने

    त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ। त्रिविबाट सम्बन्धन प्रदत्त क्याम्पसहरुलाई अत्यन्त जरुरी सूचना जारी गर्दै कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण गरेको नपाइएको हो ।

    त्रिविले ती कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिएको छ। नवीकरण हुनुको कारण खुलाएर २०८० वैशाख मसान्तभित्र जानकारी गराउनसमेत त्रिविले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ।

    सम्बन्धित क्याम्पसहरूले डीन कार्यालयमा निवेदन दिन सक्नेछन्। नवीकरण भएका क्याम्पसहरूले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्छन्। नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ।

    images
    मंगलवार, चैत्र २८ २०७९०९:१६:१५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल