Oct 29 2026 | २०८३, कार्तिक १३गते

८ महीनामा ८० हजार विद्यार्थीले लिए विदेश जाने अनुमति

८ महीनामा ८० हजार विद्यार्थीले लिए विदेश जाने अनुमति

  • 1.1K
    SHARES

  • ८ महीनामा ८० हजार विद्यार्थीले लिए विदेश जाने अनुमति

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाको तत्थ्याङ्क अनुसार, नौ महीनामा ८० हजार विद्यार्थीले अध्ययनका लागि विदेश जाने अनुमति मागेका छन्। साउनदेखि चैत २२ गतेसम्म ८० हजार विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) प्रदान गरिएको शाखाले जनाएको छ।

    शाखाले एनओसीका लागि अनलाइन आवेदन दिने व्यवस्था मिलाएको छ। अनलाइनमा आवेदन आएको एक दिनमा रुजु गर्ने र अर्को दिन एनओसी दिन थालिएको छ।

    चैत २३ मा मात्रै ६०९ अनलाइन आवेदन परेकोमा ५२९ आवेदन स्वीकृत भएको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव वासुदेव वस्तीले बताए। वस्तीका अनुसार, आवेदन स्वीकृत भएका ५०० आवेदकले आज एनओसी पत्र पाउनेछन्।

    वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार, २०७८ वैशाखमा एक हजार ६९६, जेठमा ४५६, असारमा तीन हजार १०९, साउनमा पाँच हजार ३४१, भदौमा पाँच हजार ८६०, असोजमा चार हजार ९६३ र कात्तिकमा तीन हजार ७५७ जनाले अनुमति लिएका छन्।

    त्यस्तै, मंसीरमा पाँच हजार ६९५, पुसमा सात हजार ८५, माघमा नौ हजार ५१३, फागुनमा १३ हजार ९७२ र चैतमा १६ हजार ३४८ विद्यार्थीले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन्।

    यस वर्षको वैशाखमा १५ हजार ७७१ र जेठमा १४ हजार ६१३ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका थिए। अध्ययनका लागि अस्ट्रेलिया, जापान, अमेरिका र क्यानाडा जानेको संख्या धेरै रहेको छ। हाल औसतमा दैनिक ६०० जनाले वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ।

    images
    शनिवार, चैत्र २५ २०७९०३:४२:३१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल