Oct 28 2026 | २०८३, कार्तिक १२गते

यस्ता खानेकुराले बिगार्न सक्छ हाम्रो मुटु !

यस्ता खानेकुराले बिगार्न सक्छ हाम्रो मुटु !

  • 1.4K
    SHARES

  • यस्ता खानेकुराले  बिगार्न सक्छ हाम्रो  मुटु !

    अक्सर हामी भनिरहेका हुन्छौं, बजारका खानेकुरा हानिकारक हुन्छन् । चाउचाउ, बिस्कुट, चिप्स, कुरकुरेले स्वास्थ्य खराब गर्छ । किन यसो भनिएको होला ?

    किनभने यी खानेकुरामा ‘ट्रान्स फ्याट’ हुन्छ । बजारमा पाइने अधिकांश तयारी खानेकुरामा ट्रान्स फ्याट हुन्छ । अब प्रश्न उठ्छ, ट्रान्स फ्याट के हो ?

    यसलाई सरल रुपमा यसरी बुझौं । हामीले विभिन्न माध्यमबाट शरीरमा बोसो तत्व प्राप्त गरिरहेका हुन्छौं । यस्ता बोसो तत्व एकदमै जरुरी पनि हुन्छ । यो पनि तीन किसिमको हुन्छ ।

    १. असंतृप्त बोसो (अन सेचुरेटेड फ्याट)

    २. संतृप्त बोसो (सेचुरेटेड फ्याट)

    ३. ट्रान्स फ्याट

    कुरा गरौं, ट्रान्स फ्याटको

    व्यापारिक प्रयोजनका लागि उद्योगबाट तयार गरिने खानेकुरामा ट्रान्स फ्याट हुन्छ । जस्तो चाउचाउ, बिस्कुट, कुरकुरे आदि । यसले खानेकुरालाई स्वादिलो र लामो समयसम्म टिकाउन मद्दत गर्छ ।

    ट्रान्स फ्याट : मुटुरोग र मृत्युको जड

    यसमध्ये ट्रान्स फ्याट भने शरीरका लागि हानिकारक मानिन्छ । यसले रगतमा खराब कोलेस्टोरेलको मात्रा बढाउँछ । ट्रान्स फ्याट रक्तनलीमा थेग्रिएर बस्छ । यसले गर्दा रक्त प्रवाहमा अवरोध आउँछ । नतिजा, रक्तनली सुन्निने, रक्तनली फुट्ने, स्ट्रोक वा हृदयघात हुने गर्छ ।

    विश्वका उन्नत मुलुकहरुमा ट्रान्स फ्याट प्रतिबन्धित छन् । विकासोन्मुख मुलकमा भने ट्रान्स फ्याक्टयुक्त खानेकुरा जथाभावी खाइने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ट्रान्स फ्याक्टयुक्त खानेकुराकै कारण विश्वमा पाँच लाखभन्दा बढीको मृत्यु हुने गर्छ ।

    कसरी बन्छ ट्रान्स फ्याट ?

    ट्रान्स फ्याक्ट दुई किसिमको स्रोतबाट प्राप्त हुन्छ, प्राकृतिक र कृत्रिम । जनावरको रातो मासु र दूधजन्य परिकारमा ट्रान्स फ्याट हुन्छ, जुन त्यति हानिकारक हुँदैन । कृत्रिम ट्रान्स फ्याट भने वनस्पति तेललाई तताएर त्यसमा केही मात्रामा हाइड्रोजनको अणु मिसाएर उत्पादन गरिन्छ । यस्तो ट्रान्स फ्याटमा खानेकुरा पकाउँदा स्वादिलो हुनका साथै लामो समयसम्म टिकाउन सकिन्छ ।

    कृत्रिक स्रोतबाट प्राप्त हुने औद्योगिक ट्रान्स फ्याटलाई पार्सियल्ली हाइड्रोजेनेटेड आयल भनिन्छ । वनस्पति तेललाई धेरै पटक वा लामो समय तताउँदा त्यसमा ट्रान्स फ्याट बढ्दै जान्छ ।

    कुकिज, दालमोठ, फ्रेन्च फ्राइ आदिमा अत्यधिक ट्रान्स फ्याट प्रयोग गरिएको हुन्छ । बेकरी परिकार केक, पाउरोटी, आइसक्रिममा पनि ट्रान्स फ्याट हुन्छ । मिठाई, समोसा, पुरी, पकौडामा पनि ट्रान्स फ्याट हुन्छ ।

    हामीले नियमित खाने तेलमा ट्रान्स फ्याट हुन्छ ?

    नियमित खाने तेलमा ट्रान्स फ्याट हुँदैन । यसमा ओमेगा थ्री र ओमेगा ६ हुन्छ । यो अनस्याचुरेटेड फ्याट हो । यो तेल पनि धेरैबेर तताएको खण्डमा ट्रान्स फ्याट बन्न सक्छ ।

    चाउचाउ, बिस्कुटमा ट्रान्स फ्याट कति हुन्छ ?

    ट्रान्स फ्याट चाउचाउ र बिस्कुटमा मात्र होइन, बजारमा पाइने ९५ प्रतिशत प्याकेजिङ गरिएको खानेकुरामा हुन्छ । पहिला ट्रान्स फ्याट भनेर नै राखिन्थ्यो अहिले भने जिरो ट्रान्स फ्याट भन्छ तर हाइड्रोजेनिक तेल ०.५ देखि २ प्रतिशतसम्म हालेको पाइन्छ । त्यो भनेको पनि ट्रान्स फ्याट नै हो । त्यस्तै विश्व स्वास्थ्य संगठनको र विश्वव्यापी मान्यताअनुसार ट्रान्स फ्याट हुँदै नभएको वा दुई प्रतिशतभन्दा कम भएको खानेकुरा हानिकारक नहुने बताइन्छ ।

    पशुजन्य बोसो खान हुन्छ कि हुँदैन ?P खानै नहुने त होइन तर शरीरको आवश्यकता अनुसार खान सकिन्छ । पशुजन्य बोसो धेरै खाएमा स्वास्थ्यमा समस्या हुन सक्छ । स्याच्युरेटेड फ्याटमा पर्ने यसले खानामा स्वाद बढाउने काम गर्छ ।

    images
    मंगलवार, चैत्र २१ २०७९०८:२५:१४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल