Oct 28 2026 | २०८३, कार्तिक १२गते

पुर्वाञ्चल विश्वविद्यालयमा एमबिबिएस पढाइ हुने !

पुर्वाञ्चल विश्वविद्यालयमा एमबिबिएस पढाइ हुने !

  • 2.1K
    SHARES

  • पुर्वाञ्चल विश्वविद्यालयमा एमबिबिएस पढाइ हुने !

    पूर्वाञ्चल विश्वविद्यालयले अर्को वर्षदेखि एमबिबिएसको अध्यापन सुरु गर्ने भएको छ । एमबीबीएस कक्षा सञ्चालनको अनुमति पाएको विश्वविद्यालयले अर्को वर्षबाट विद्यार्थी भर्ना लिएर अध्यापन सुरु गराउने भएको हो ।

    कक्षा सञ्चालनका लागि विश्वविद्यालयले शिक्षक राख्ने प्रक्रिया भने सुरु गरेको छ । विश्वविद्यालयको चिकित्सा शास्त्र सङ्कायले करारमा शिक्षक नियुक्तिको प्रक्रिया सुरु गरेको विश्वविद्यालय मेडिकल संकायका निमित्त डिन नवीन लामिछानेले बताए । डिन लामिछानेका अनुसार ७५ जना विद्यार्थीको कोटा लिएर अध्यापन गराउने विश्वविद्यालयको तयारी छ । चिकित्सा शिक्षा आयोगको मापदण्ड पूरा गर्नका लागि पहिलो चरणमा विश्वविद्यालयले १८ जना शिक्षकका लागि विज्ञापन खुलाएको उनले बताए ।

    विश्वविद्यालयले विभिन्न विषयमा १८ जना सह(प्राध्यापक र उपप्राध्यापक माग गरेको छ । उनका अनुसार मापदण्ड पूरा गरेपछि अर्को वर्षबाट कक्षा सञ्चालनको तयारी छ ।p विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको गोठ गाउँमा मेडिकल शिक्षा अध्यापन हुनेछ । अभ्यास भने विराटनगरको कोशी अस्पतालमा हुनेछ ।

    २०७८ माघ २४ गते कोसी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्दिने सम्झौता भएको थियो

    सहमतिको एक वर्षपछि २०७९ माघ २३ गतेको मन्त्रीपरिषद्को बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलिदिएको थियो ।

    purbanchal-univercity-pu.jpeg विश्वविद्यालयले यसअघि २०६२ सालमा एक सय ९५० जना नेपाली ५० जना सार्क राष्ट्र० विद्यार्थी एमबीबीएस अध्यापनका लागि इन्ट्रान्स परीक्षा लिएको थियो । तर २०६२(६३ को जनआन्दोलनका कारण मेडिकल कलेज सञ्चालनको योजना अवरुद्ध भएको थियो ।P तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा २०५२ सालमा विश्वविद्यालय स्थापना भएको विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठ गाउँमा नर्सिङ,विएन, फार्मेसीलगायत कोर्सको अध्यापन भइरहेको छ । विश्वविद्यालयले ११औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

    images
    मंगलवार, चैत्र २१ २०७९०५:२२:५३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल