सोमवार, फाल्गुण २२ २०७९
सन् १८४८ मा कम्युनिस्ट घाेषणा पत्र मार्फत सर्वहारा बर्गकाे मुक्तिकाे मार्गचित्र साम्यवादलाइ कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले सामान्तवाद तथा पुजिवादकाे विकल्प प्रस्तुत गरे । मार्क्सवाद मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा प्रतिपादित र्सवहारावर्गको मुक्तिको सिद्धान्त र विचारधारा हो ।
मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद ,अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंर्घष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् ।
मार्क्सवादका तीन संघटक अंग
मार्क्सवादका तीन संघटक अंग रहेका छन् ।
१. दर्शन,
२. राजनीतिक अर्थशास्त्र
३. वैज्ञानिक समाजवाद ।
➡️ मार्क्सवादको दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो । मार्क्सवादी दर्शन द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद भएकोले यो सबै खाले आदर्शवाद र अधिभूतवादका विरुद्ध परिलक्षित रहेको छ ।
➡️ मार्क्सवादी राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्तमा आधारित छ । यसको विकसित रुप अतिरिक्त मूल्यको सिद्धान्त हो ।
➡️ वैज्ञानिक समाजवाद वर्गसंर्घष, इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्वमा आधारित छ । यसको मूल उद्देश्य र आदर्श साम्यवाद हो । यसलाई विकसित तुल्याउने काममा लेनिन र माओको महत्वपूर्ण योगदान रहेको छ। मालेमावादका ३ चरण
मार्क्सवादको मार्क्सवाद – लेनिनवाद – माओवादमा जुन विकास भयो त्यसका तीन गुणात्मक चरण छन् ।
क) मार्क्सवादको चरण
मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त हो र मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । मार्क्सवाद र्सवहारावर्गको मुक्तिको सिद्धान्त र विश्वदृष्टिकोण हो ।
ख) लेनिवादको चरण
मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति र र्सवहारा आन्दोलन तथा ज्ञानविज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरुप मार्क्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिवाद जन्मिएको हो । लेनिन -१९७० – १९२४) लेनिवादका प्रतिपादक हुनुहुन्छ ।
ग) माओवादको चरण
मार्क्सवाद-लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्ती-साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूका क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने, सन् १९५३ मा स्टालिनको मृत्युपश्चात् रुस एवं पूर्वी युरोपका कैयौँ देशहरूमा पुँजीवादको पुनःस्थापनाका कारणहरूको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाइँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा मार्क्सवाद-लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई मार्क्सवाद-लेनिनवाद-माओवदको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पुर्याउने काम भएको हो ।
यसरी आज अन्तरराष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिङ्गो अभेद्य इकाइको रुपमा मार्क्सवाद-लेनिनवाद-माओवाद रहेको छ । माओवादलाई आजको विश्वको मार्क्सवाद-लेनिवादका रुपमा ग्रहण नगरीकन कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्दैनन् ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल