बिहिवार, पौष ७ २०७९
सामान्यतया: कुनै सरकारी कार्यालयमा जानुभयो भने अधिकारीहरू कुर्सीमा तौलिया लगाएर बसेका हुन्छन् ।
निजी क्षेत्रमा यो प्रचलन खास नचलेको भए पनि सरकारी क्षेत्रमा व्याप्त पाइन्छ । तर कहिल्लै तपाईंले आखिर किन यो सब गर्छन भनेर सोच्नु भएको छ ? तर हालै एक पत्रकारले यसबारे प्रश्न गरेका छन् ।
भारतको चर्चित पत्रिका दैनिक भास्करमा सम्पादकको रूपमा कार्यरत एलपी पन्तले ट्विटरमा एक प्रश्न सोध्दै भने, ‘कार्यालयमा अधिकारीहरुले कुर्सीमा तौलिया किन लगाउँछन् भन्ने कुरा आजसम्म बुझ्न सकेको छैन ।
यो तौलियाको समाजशास्त्र के हो, कुनै साथीले भन्न सक्नुहुन्छ ?’ त्यसको जवाफमा मानिसहरूले आ–आफ्नै तर्क दिएका छन् ।
राजस्थान प्रहरीका नायब उपरीक्षक धरम पुनियाले लेखेका छन्, ‘कुर्सीको सिट रेजिन, रबर वा छालाबाट बनेको हुन्छ, पसिना आउँछ, त्यसमा सिधै बस्नुभन्दा कपडाको रूपमा तौलिया लगाउँछन् ।
लामो रुटमा चल्ने बसका चालकले पनि सिटमा तौलिया लगाउँछन् ।’ तपाईं पनि आखिर किन तौलिया राखिन्छ भनेर आफ्नो विचार राख्न सक्नुहुन्छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल