Oct 29 2026 | २०८३, कार्तिक १३गते

नेविसंघका नेताबिच कुटाकुट, पार्टी कार्यालय सानेपा ताेडफाेड

नेविसंघका नेताबिच कुटाकुट, पार्टी कार्यालय सानेपा ताेडफाेड

  • 1.2K
    SHARES

  • नेविसंघका नेताबिच कुटाकुट, पार्टी कार्यालय सानेपा ताेडफाेड

    स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिँदै गर्दा नेवि संघका नेताबीच कुटाकुट भएको छ। 

    संस्थापन समूह र संस्थापनइतर समूहबीच झडप भएको हो। झडकका क्रममा सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा तोडफोड भएको छ। तोडफोडबाट कार्यालयमा सामान्य क्षति पुगेको छ। सीसा,ल्यापटप लगायतमा क्षति पुगेको छ।

    नेवि संघका नेता विनोद शाही ठकुरीले संस्थापन समूहले एकलौटी गरेकाले विवादको अवस्था सिर्जना भएको बताए। ठकुरीले अन्नपूर्णसँग भने, 'त्रिवीले बैठक डाकेको थियो। त्रिविले बोलाएको छलफलमा शेखर कोइराला समूहका प्रतिनिधि सहभागी थिए। बैठकमा दुवै पक्ष उपस्थित भएपछि झडपको स्थिति भएको हो।’ 

    इतरसमूहका नेता शाहीले समयमै पार्टीले भातृ संस्थालाई पूर्णता नदिएकाले विवाद उत्पन्न भएको बताए। नेवि संघको बैठक टौदह रिसोर्टमा थियो। बैठकपछि असन्तुष्ट इत्तरसमूह पार्टी कार्यालय पुगेर तोडफोडमा उत्रिएको हो। घटनामा शिव रिमाल, हरि आचार्य, डा.श्यामचन्द्र अधिकारी घाइते भएका छन्।

    नेविसंघ अध्यक्ष दुजाङ शेर्पा पक्षले आफ्ना कार्यकर्तालाई कुटेको इतरपक्षको आरोप छ। शेर्पाले त्रिविमा केन्द्रीय प्रतिनिधिका रुपमा पदम भट्टराईलाई तोकेका थिए। कोइराला समूहले पनि त्रिविमा प्रविण कैनीलाई प्रतिनिधिका रुपमा खटाएको थियो।

    विवाद समाधान भइसकेपछि केही व्यक्ति प्रवेश गरी आक्रमण गरेको शेखर समूहका एक विद्यार्थी नेताले बताए।

    images
    शुक्रवार, फाल्गुण १९ २०७९०४:५८:२५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल