Oct 29 2026 | २०८३, कार्तिक १३गते

अनुमती बिनै एमबिबिएसमा भर्ना लिदै

अनुमती बिनै एमबिबिएसमा भर्ना लिदै

  • 1.2K
    SHARES

  • अनुमती बिनै एमबिबिएसमा भर्ना लिदै

    चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले विभिन्न विधाहरुमा भर्ना आह्वान गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । ‘विद्यार्थी, अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ । साथै, अनुमति नलिई भर्ना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने आयोगले स्पष्ट पारेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घलाटेमा सञ्चालित सुवल इन्टरनेसनल कलेजले एमबीबीएस लगायत स्नातक तहका कार्यक्रमहरु सञ्चालनका लागि भर्नाको लागि सूचना जारी गरेको र उक्त कलेजले चिकित्सा शिक्षा आयोगको स्वीकृति नलिएको आयोगले जनाएको छ । प्रचलित राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७ विपरीत हुनेगरी भर्ना नगर्नु नगराउनु हुन र त्यसरी गरेको पाइएमा प्रचलित कानुन बमोजिम सम्बन्धित निकायबाट कारबाही हुने व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ

    images
    सोमवार, मंसिर १९ २०७९०१:१३:५९

    शिक्षा शर्मा

    शिक्षाको लागि कलम योद्धा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल