Oct 28 2026 | २०८३, कार्तिक १२गते

मेडिकल कलेज संचालक विरुद्ध अखिल क्रान्तिकारीको कालो ब्यानर प्रदर्शन

मेडिकल कलेज संचालक विरुद्ध अखिल क्रान्तिकारीको कालो ब्यानर प्रदर्शन

  • 1.6K
    SHARES

  • मेडिकल कलेज संचालक विरुद्ध अखिल क्रान्तिकारीको कालो ब्यानर प्रदर्शन

    शैक्षिक र मेडिकल क्षेत्रमा विकृति फैलाएर ब्रह्मलूट गरेको भन्दै सुनिल शर्माविरुद्ध कालो ब्यानरसहित प्रदर्शन गरिएको छ । नेकपा बहुमत निकट अखिल क्रान्तिकारी केन्द्रीय समितिले सुनिल शर्मा सञ्चालक रहेको काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजविरुद्ध मङ्गलबार कालो ब्यानरसहित प्रदर्शन गरेको हो ।

    अखिल क्रान्तिकारीले जारी गरेको ‘मेडिकल माफिया सुनिल शर्मालाई कारबाही किन ?’ शीर्षकको ब्यानरमा लेखिएको छ ः

    १) चिकित्सा शिक्षा र विश्वविद्यालयको नियमविपरीत विद्यार्थीबाट चर्को शुल्क असुल्दै होस्टेललाई अनिवार्य गरेकाले ।

    २) सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन गरेकाले ।

    ३) विश्वविद्यालयको नियमविपरीत विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेकाले ।

    ४) छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीबाट विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेकाले ।

    ५) यस कलेजमा कार्यरत प्राध्यापक, कर्मचारीलगायत विद्यार्थीलाई अनावश्यक यातना दिँदै आएकाले ।

    ६) शिक्षा र स्वास्थ्यलाई निजीकरण एवम् व्यापारीकरण गरी ब्रह्मलुट मच्चाउँदै विद्यार्थी, अभिभावक तथा आमजनतालाई चरम आर्थिक शोषण गरेकोे ।

    अखिल क्रान्तिकारीले शैक्षिक माफिया, भ्रष्टहरूविरुद्ध कारबाही अभियान सुरु भएको र समस्या समाधान नभएसम्म जारी रहने पनि जनाएको छ ।

    images
    बुधवार, कार्तिक ३० २०७९०१:३९:३८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल