मंगलवार, कार्तिक १५ २०७९
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लिफ्ट बिग्रिदा ६ जना करिब एक घण्टा थुनिएका छन् । कामको सिलसिलामा मन्त्रालय पुगेका २ जना स्वीडेनका र ४ जना नेपाली नागरिकको करिब एक घन्टापछि उद्धार गरिएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार लिफ्टमा अड्किएकाहरुलाई नेपाली सेना र नेपाल पुलिसका प्राविधिकहरुले उद्धार गरेका थिए । मन्त्रालयका प्रवक्ता दीपक शर्माले प्राविधिक समस्याको कारण ६ जना लिफ्टभित्रै अड्किएको बताए । उनले भने, ‘प्राविधिक गडबडीले लिफ्ट अड्कन पुग्दा ६ जनाभित्रै थुनिनुभएकालाई नेपाल आर्मी र नेपाल पुलिसको प्राविधिकको सहयोगमा उद्धार गरिएको भन्ने छ । म त्यहाँ नभएकोले कति समय हो यकिन थाह भएन ।’
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल