मंगलवार, आश्विन १८ २०७९
सन् २०१६ मा स्थापना भएको नेपालकै जेठो त्रिभुवन विश्वविद्यालय अन्तर्गत ६० आंगिक र १ हजार ६२ सम्बन्ध प्राप्त समेत गरेर १ हजार १२३ क्याम्पस छन् । विश्वविद्यालयमा १२९ निकाय सञ्चालनमा छन् । नेपालमा उच्च शिक्षा अध्ययन गर्नेमध्ये सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयमै अध्ययन गर्छन् । त्रिविमा ४० केन्द्रीय विभाग, ६२ आंगिक क्याम्पस र १ हजार ६२ वटा सम्बन्धन प्राप्त कलेज छन् ।
त्रिविले विश्वभरका १७० भन्दा बढी विश्वविद्यालयसँग सम्बन्ध स्थापित गरेको छ । त्रिविले हरेक वर्ष ५० वटा प्राविधिक शीर्षकमा प्रमाण–पत्र तहको शिक्षा प्रदान गर्दै आएको छ । त्यस्तै १ हजार भन्दा बढी शिर्षकमा स्नातक र लगभग १ हजार शीर्षकमा स्नातकोत्तर शीर्षकमा शिक्षा प्रदान गर्दै आएको छ ।
त्रिविमा इन्जिनियरिङ अध्ययन संस्थान, चिकित्साशास्त्र अध्ययन संस्थान, वनविज्ञान तथा पशुविज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, कानुन सङ्काय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र शिक्षाशास्त्र सङ्काय गरी ८ वटा संस्थान तथा सङ्काय छन् । त्रिविले त्यही संस्थान तथा संकायमार्फत नै विद्यालय अध्यापन गराउँदै आएको हो ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल