Oct 28 2026 | २०८३, कार्तिक १२गते

सगरमाथा कलेजद्धारा कार्यशाला गोष्ठी सम्पन्न

सगरमाथा कलेजद्धारा कार्यशाला गोष्ठी सम्पन्न

  • 2.2K
    SHARES

  • सगरमाथा कलेजद्धारा कार्यशाला गोष्ठी सम्पन्न

    सगरमाथा इन्जिनियरिङ कलेजले  ‘समस्यामा आधारित शिक्षा परामर्शको भूमिका, अभ्यास र आवश्यकता’ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

    'समस्यामा आधारित सिकाई' विद्यार्थी-केन्द्रित शिक्षण विधिहरू मध्य महत्त्वपूर्ण विधि हो । जसले विद्यार्थीहरूमा आलोचनात्मक सोच , समस्या समाधान गर्ने क्षमता र सञ्चार सम्बन्धि कलाको अभिबृद्धी गर्न निकै ठूलो अर्थ राख्दछ ।

    फिनल्याण्डको आल्टो युनिभर्सिटीसँगको सहकार्यमा आयोजना भएको उक्त कार्यशाला गोष्ठीमा युरोपियन युनियनको इरास्मस प्लस कार्यक्रमले ‘दक्षिण एशियाली विश्वविद्यालयहरूमा समस्यामा आधारित शिक्षालाई सुदृढीकरण गर्ने परियोजना अन्तर्गत सहयोग गरेको हो ।

    फिनल्याण्ड, भारत, नेपाल, भुटान, नेदरल्याण्ड र लिथुनियाका १० उच्च शिक्षा संस्थाहरुको संयुक्त पहलमा समस्यामा आधारित सिकाइले शिक्षामा उत्कृष्ट अभ्यासहरू विकास गर्ने उद्देश्य उक्त गोष्ठी आयोजना गरेको सगरमाथा इन्जिनियरिङ  कलेजका प्रिन्सिपल रमेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

    प्रिन्सिपल श्रेष्ठले  उल्लेखित देशहरूमा उच्च शिक्षा संस्थाका साझेदारहरूको क्षमता अभिवृद्धि गर्नका साथै यहाको पारिस्थितिक प्रणालीमा नाविन योगदान पुर्‍याउन उक्त कार्यशाला आयोजना गरिएको बताउनुभएको छ । उक्त गोष्ठीमा भारतको 'इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी'ले विभिन्न  शिर्षकमा कार्यपत्र समेत प्रस्तुत गरेको थियो ।

    images

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल