Oct 28 2026 | २०८३, कार्तिक १२गते

ईन्जिनियर्स एसोसिएसनको निर्वाचन : मतदान सकियो, नतिजा केही दिनमा आउने

ईन्जिनियर्स एसोसिएसनको निर्वाचन : मतदान सकियो, नतिजा केही दिनमा आउने

  • 2.0K
    SHARES

  • ईन्जिनियर्स एसोसिएसनको निर्वाचन : मतदान सकियो, नतिजा केही दिनमा आउने

    इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर एशोसिएशन (नेइए)को नयाँ कार्यसमिति चयनका लागि शुक्रवार भएको निर्वाचन सम्पन्न भएको छ । विहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया ५ बजे सकिएको नेइए केन्द्रिय निर्वाचन समितिका संयोजक ई.घनश्याम भट्टराईले जानकारी दिएका छन । 

    मुलुकभरका १४ ओटा मतदान केन्द्रबाट नयाँ कार्यसमिति चयन गर्न इन्जिनियरहरुले मत हालेका छन् । मतदानका लागि २५ वटा बुथ राखिएको र अहिले मतपत्र संकलन हुँदै गरेको उनले जनाए । २१ हजार ६८० मतदाता भए पनि कति संख्यामा मत खसाले भन्ने विषय भने गणना हुँदै गरेको उनको भनाइ छ । उनले भने- चुनावको नतिजा कहिले आउछ भन्ने विषय एक दुई दिनमा जानकारी दिन बताएकाछ्न ।

    समितिका अनुसार यो नतिजा आउन बढिमा ३/४ दिन लाग्ने छ । एशोसिएशनको ३३ औँ कार्यकारिणी समितिका लागि विभिन्न ५ वटा समूहको प्रतिस्पर्धा छ । सत्तारुढ दल नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)ले ई. डा.हरिबहादुर दर्लामीको समूहलाई उम्मेदवार बनाएको छ ।

    कांग्रेसकै दिलीपकुमार झाको नेतृत्वमा अर्को समूहसमेत चुनावी मैदानमा होमिएको छ । यस्तै नेकपा एमाले निकट राष्ट्रिय प्रगतिशील गठबन्धनका ई. डा.सुरज लामिछाने, नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) एकीकृत प्रगतिशील समूहका तर्फबाट ई.डा. हरिराम पराजुलीको प्यानल चुनावी मैदानमा उत्रिएको छ । यस्तै नेपाल मजदुर किसान पार्टी निकट इन्जिनियर समाज नेपालका ई. राजेन्द्रप्रसाद हाडाको समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।

    निर्वाचन समितिले २५ बुथमा मतदानको व्यवस्था मिलाएको थियो । यसमध्ये काठमाडौँमा मात्र ११ हजारभन्दा बढी मतदाता छन् । पटक पटक सारिदैं आएको यो निर्वाचनले २५ सदस्यीय केन्द्रीय समिति दुई वर्षका लागि चयन गर्नेछ ।

    images
    शुक्रवार, फाल्गुण २७ २०७८०६:५७:५२

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल