Oct 29 2026 | २०८३, कार्तिक १३गते

मेडिकल पढ्न सरकारी विद्यालयका विद्यार्थीले छात्रवृत्ति पाउने

मेडिकल पढ्न सरकारी विद्यालयका विद्यार्थीले छात्रवृत्ति पाउने

  • 2.9K
    SHARES

  • मेडिकल पढ्न सरकारी  विद्यालयका विद्यार्थीले छात्रवृत्ति पाउने

    सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ। आज संसदको शिक्षा तथा स्वास्थ्य समितिले आयोगलाई चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेअनुसार छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएको हो। आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले सामुदायिक विद्यालयबाट कक्षा ६ देखि १० सम्म अध्ययन गरेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था ऐनले गरेको बताए ।                                                                                  समिति सदस्य एवम् पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सिट र उत्तीर्ण संख्याबिच अन्तर देखिएको भन्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए। समिति सदस्य मानबहादुर बिकले नियमावली संशोधन गरेर सरकारी विद्यालयमा अध्ययन गरेकालाई छात्रबृत्ति उपलब्ध गराउनुपर्ने बताए।                                                                      चिकित्सा शिक्षा आयोगले वार्षिक विभिन्न २९ समूहमा २ हजार १७२ जनालाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । आयोगले कुल सिट संख्या ८हजार २५१ जना रहेको छ । आयोगले एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई मेरिटका आधारमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

    images
    आइतवार, भाद्र २० २०७८०५:५७:४५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल