आइतवार, श्रावण २४ २०७८
चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षामा सिटसंख्या भन्दा प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थीको संख्या कम भएको तथ्य सार्वजनिक छ। चिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको विभिन्न विषयको प्रवेश परीक्षामा ६ वटा विषयमा सिटसंख्या भन्दा उत्तीर्ण हुनेको संख्या कम भएको पाइएको हो। आयोगले निर्धारण गरेको सिट संख्या र आयोगले नै प्रकाशन गरेको नतिजाको तुलना गर्दा बिएससी नर्सिङ, बिएससी एमएलटी, बिएससी एमआइटी, बिपिटि, बि फार्मा र बिपीएचमा सिट संख्याभन्दा प्रवेश परीक्षामा उत्तीर्ण हुनेको संख्या कम छ। आयोगले बिएससी नर्सिङ तर्फ सिट संख्या ११०० तोकेको छ, तर ५०४ जना मात्र उत्तीर्ण भएका छन्। यस्तै, बिएससी एमएलटी तर्फ सिट संख्या ४२५ रहेकोमा ११८ जना मात्र पास भएका छन्। बिएससी एमआइटी तर्फ सिटसंख्या ७१ छ भने पास हुने ३५ जना मात्र छन्। बिपिटी तर्फ १५० सिट रहेकोमा ११४ मात्र पास भएका छन्। बि फार्मा तर्फ ९०२ सिट संख्या निर्धारण गरिएको छ तर प्रवेश परीक्षामा ५४७ जना मात्र उत्तीर्ण भएका छन्।
विषयमा सिटसंख्या भन्दा कम पास हुने
बिएससी नर्सिङ सिट ११०० पास ५०४
बिएससी एमएलटी सिट ४२५ पास ११८
बिएससी एमआइटी सिट ७१ पास ३५
बिपिटी सिट १५० पास ११४
बि फार्मा सिट ९०२ पास ५४७
बिपीएच सिट १४२० पास ५६५
कुन कलेजलाई कति सिट?
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल