Oct 29 2026 | २०८३, कार्तिक १३गते

दाजुबहिनीले नै MBBS नाम निकाले : छात्रवृत्तिमा डाक्टर बन्ने

दाजुबहिनीले नै MBBS नाम निकाले : छात्रवृत्तिमा डाक्टर बन्ने

  • 3.8K
    SHARES

  • दाजुबहिनीले नै MBBS नाम  निकाले :  छात्रवृत्तिमा डाक्टर बन्ने

    तराईको दलित परिवारका दाजु र बहिनीले एकै शैक्षिक सत्रमा चिकित्सा शास्त्र अध्ययन गर्नका लागि सरकारी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । मेडिकल साइन्सअन्तर्गत एमबीबीएस अध्ययन गर्नका लागि आइओएमले लिएको प्रवेश परीक्षामा दाजुबहिनीले नै नाम निकालेका हुन् ।                                                             

    महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ६ गोरिगम्मा गाउँका जीतेन्द्र पासवानका छोरा र छोरीले नाम निकाल्न सफल भएका छन् । जीतेन्द्रका छोरा अभयकुमार र छोरी कृतिकाले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।                                                                                                                   

    दाइ अभयले दोस्रोपटकको प्रयत्नमा नाम निकालेको भएपनि बहिनी कृतिकाले त पहिलोपटको परीक्षामै नाम निकाल्न सफल भएकी छन्। अभयले १४५ स्कोर ल्याएर मधेशी दलित कोटातर्फको आरक्षण समूहमा पहिलो स्थान ल्याउन सफल भएका छन् भने उनको बहिनी कृतिकाले १२२ स्कोर ल्याएर मधेशी दलित महिलातर्फ चौथो स्थान र समग्र दलित कोटातर्फ सातौँ स्थानमा नाम निकाल्न सफल भएकी छन् ।

    images
    शनिवार, श्रावण २३ २०७८०१:५५:१५

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल