Oct 29 2026 | २०८३, कार्तिक १३गते

चिकित्सा शिक्षा आयोगले रिजल्ट निकाल्दै : ३२ हजारमा कति उतिर्ण ?

चिकित्सा शिक्षा आयोगले रिजल्ट निकाल्दै : ३२ हजारमा कति उतिर्ण ?

  • 3.7K
    SHARES

  • चिकित्सा शिक्षा आयोगले रिजल्ट निकाल्दै : ३२ हजारमा कति उतिर्ण  ?

    चिकित्सा शिक्षा आयोगले साउन ९ गते देखि १३ गते सम्म लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा आगामी एक हप्ता भित्र सार्वजनिक गर्ने भएको छ । आयोगले उपत्यका सहति बाहिर केन्द्र निर्धारण गरेर लिएको ३२ हजार ३०० परीक्षार्थी सहभागी भएको सो परीक्षाको नतिजा एक साता भित्रै प्रकाशन गर्ने भएको हो ।                                                                                   चिकित्सा शिक्षा स्नातक तहमा प्रवेशका लागि लिइएको सो परीक्षाको अधिकांश उत्तरपुस्तिका हिजो साँझसम्म आयोगमा संकलन भइसकेको र केही अहिले बिहान हुने आयोगले जानकारी दियो ।                                                                              आयोगका अनुसार आजैबाट उत्तरपुस्तिका परीक्षणको काम सुरु हुने छ । आगामी साताभित्र नतिजा सार्वजनिक गर्ने तयारीमा आयोग जुटेको छ । आयोगलेसो परीक्षामा उपत्यकामा २८, धरानमा ६, चितवनमा ६, पोखरा र नेपालगञ्जमा दुईदुई स्थानमा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरेको थियो । एमबीबीए, बीडीएस, बीएस्सी नर्सिङ लगायत चिकित्सा शिक्षामा प्रवेशका लागि सो प्रवेश परीक्षा लिइएको हो ।                                                                                               यो परीक्षामा सहभागी भएका विद्यार्थीलाई मेरिटका आधारमा कलेज भर्ना र अन्तर्राष्टिय विश्वविद्यालयमा समेत प्रवेशको ढोका खुल्ने आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरिले बताए ।

    images
    बिहिवार, श्रावण २१ २०७८०७:४७:५१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल