Oct 29 2026 | २०८३, कार्तिक १३गते

चिकित्सा शिक्षाको प्रवेश परीक्षा भोलिबाट , ३२ हजारका लागि परिक्षा केन्द्रको विवरण यस्तो छ

चिकित्सा शिक्षाको प्रवेश परीक्षा भोलिबाट , ३२ हजारका लागि परिक्षा केन्द्रको विवरण यस्तो छ

  • 2.2K
    SHARES

  • चिकित्सा शिक्षाको प्रवेश परीक्षा भोलिबाट , ३२ हजारका लागि परिक्षा केन्द्रको विवरण यस्तो छ

    चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाको लागि ३९ वटा केन्द्र तोकेको छ। भोलि साउन ९ देखि सो परीक्षाकेन्द्रबाट जनस्वास्थ्य मापदण्ड अपनाइ आयोगले परीक्षा लिँदै छ।                                                                                                                                                   

     

    आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीका अनुसार काठमाडौं उपत्यका २८, पोखरा ३, नेपालगञ्ज २, चितवन ३ र धरान ३ वटा परीक्षाकेन्द्र तोकिएको छ।  विद्यार्थीले रोजेको केन्द्रमा नै परीक्षा हुने जनाएको छ। विद्यार्थीलाई पायक पर्ने र अनलाइन फारम भरेअनुसार स्थानमा परीक्षा दिन सहज वातावरण बनाइएको डा. गिरीले बताए।                                                                                                                       

     

      स्नातक तहको विभिन्न विद्याको लागि आयोगले ९ देखि १३ गतेसम्म परीक्षाका चल्ने जनाएको छ। जसअनुसार साउन ९ गते एमबिबिएस, १० गते बिडिएस, ११ गते बिएस्सी नर्सिङ, बिएएसएलपी, बि पफ्र्युजन टेक्नोलोजी, साउन १२ गते बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बि फार्म, अप्टोमेट्री, बिपिटी र साउन १३ गते बिपिएचको परीक्षा हुने छ।                                                                                                                                             

     

     परीक्षा बिहान ९ देखि १२ बजेसम्म सञ्चालन हुनेछ। गत भईसक्नुपर्ने प्रवेश परीक्षा कोरोना संक्रमणका कारण पटक–पटक सर्दै आएको छ। विभिन्न विषयमा ३२ हजारभन्दा बढीले स्नातक तहको परीक्षा दिँदै छन्। जसमा ७ हजार ७ सयले मात्र अध्ययन गर्ने मौका पाउनेछन ।

    images
    शुक्रवार, श्रावण ८ २०७८०९:४०:२३

    शिक्षा शर्मा

    शिक्षाको लागि कलम योद्धा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल