Oct 28 2026 | २०८३, कार्तिक १२गते

आखै अगाडी कोही घर कोही घाट हुदा निकै पिडा हुन्छ : एक नर्सको अनुभुती

आखै अगाडी कोही घर कोही घाट हुदा निकै पिडा हुन्छ : एक नर्सको अनुभुती

  • 5.6K
    SHARES

  • आखै अगाडी कोही घर कोही घाट हुदा निकै पिडा हुन्छ : एक नर्सको अनुभुती

    कोरोना संक्रमण २०१९ को डिसेम्बर देखि चीनको एक प्रान्त बाट कोरोना भाइरस नामक कोभिड – १९ को संक्रमण सुरु भए पश्चात् विश्वका सयौं देशहरु संक्रमणको चपेटामा परे । म पेशाले एक स्वास्थकर्मी (नर्स) ।  विशेष गरि स्वास्थसम्बन्धि कुरा त्यो पनि महामारी को रुप लियो ।                                                                                                               

     

    चीनमा छोटो समयमा संक्रमण र मृत्यु ह्वात्तै वृद्धि भएको थियो । मेरो मनमा अनेकौं प्रश्न हरु उब्जनु स्वभाविक थियो । अब नेपालमा यसको स्वरुप कस्तो हुने हो। नेपालमा जबदेखी संक्रमणको पहिलो चरण सुरुवात भयो म काठमाडौंको मध्य बानेश्वरमा रहेकोे ” भेनस” अस्पतालमा कार्यरत छु। विशेष गरि बिचमा केहि महिना लगभग कोभिड – १९ को  केसहरु बन्द भैसकेको थियो। तर भारत लगायत विभिन्न देशहरु संक्रमण निकै वृद्धि भएर आयो । फेरि दोस्रो लहर फैलियो । बिस्तारै बिस्तारै संक्रमण दरमा वृद्धि हुदै अस्पतालहरुमा बिरामीको संख्या खचाखच हुन् थाल्यो। अक्सिजन र स्वास्थ सम्बन्धि सामाग्री, निकै अभाव नेपाल भर भयो पहिला भन्दा यो पटक धेरै जटिल अवस्था आउँछ भन्ने अनुमान भएकोले हामी बढी सतर्क भएर काममा जुटेका थियौं । जति गाह्रो, साह्रो , भोक, प्यास, दिन, रात र संक्रमण हुने चिन्ता नगरी मृत्यु सैयामा चीत्कार गरिरहेका बिरामी र बाहिर झ्यालको सिसा बाट हेर्ने अभिभावक संग आवश्यक परामर्श सहित आफ्नो कर्मलाई उच्च मनोबलका साथ निरन्तरता दिइ रहेका छौँ ।                                                                                                                         

     

     मानवीय स्वभाव र भावना त हो। काम गर्ने क्रममा कुनैबेला एकदमै नराम्रो लाग्ने क्षण मेरो मानसपटलमा झझल्को बनेर आइरहन्छ । ती अबोध बालबालिका छोडेर बुवा आमा को परलोक धाम प्रस्थान । जन्म र मृत्यु प्राणीहरु निश्चित छ । प्राकृतिक र अप्राकृतिक मृत्यु हुन्छ । कहिले कहाँ र कसरी हुन्छ थाहा हुदैन। खासगरी हामी (स्वास्थ कर्मी) र बिरामिको कुरुवा संग पेसा मा त फरक हुन्छौ ( व्यावहार) तर मन , भावना त एउटै हुन्छ नि हामीले पनि मनमा भगवानसंग सबै बिरामीहरुलाई छिटो भन्दा छिटो निको होस भनी प्राथना गरेका हुन्छौ। तर अपसोच हर प्रयास गर्दा गर्दै पनि कोहि घर त कोहि घाटमा पुग्ने अवस्था आउँछ। जुन धेरै पिडादायी हुन्छ । अहिले महामारीको समयमा आफ्नो ज्यान जोखिममा राखी पलास्टिक भित्र( पि .पि .इ ) बेरिएर २४ घन्टा भोक, निन्द्रा नभनी हरेक खाले पिडालाई लुकाएर, दिसा पिसाब च्यापेर, घरपरिवार छोडेर काम गरेका हुन्छौं ।                                                                                                                                                                                                         "फ्लोरेन्स नाइँटिङेल को ” लेडि व लिएको पाइन्छ । यस्ले धेरै जनाको ज्यान लिइसकेको छ दिनानुदिन संक्रमणदर वृद्धि भएको छ । फेरि येस्ले पछिका दिनमा जटिलता निम्त्याउन सक्ने सम्भावना विभिन्न प्रक्षेपणहरुले तेस्रो लहरको चेतावनी दिएका छन। त्यसकारण यसलाइ सामान्य नठानि घरमै बसौ सुरक्षित रहौ। अनावश्यक रूपमा आवत जावत बन्द गरौं । सामाजिक दुरि कायम गरौ स्वास्थ मापदण्ड पालना गरौं ।

    लेखक रेखा भुसाल पेशाले नर्स हुन्। 

    images
    बुधवार, आषाढ २३ २०७८१२:०१:१२

    रेखा भुसाल

    पेसाले नर्स हु । कहिलेकाही अनुभुती लेख्ने गर्छु

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल