मंगलवार, आषाढ २२ २०७८
त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले यस शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा मास्टर अफ सोसियल स्टडिज एजुकेसन (एमएसएसईडी) विषयमा नयाँ कार्यक्रम सुरु गरेको छ ।
शिक्षाशास्त्र केन्द्रीय विभागमा यस वर्षदेखि प्रत्यक्ष र अनलाईन (मिश्रित) दुबै माध्यमबाट सञ्चालन हुने गरी यो कार्यक्रम सुरु गरेको हो । शिक्षाशास्त्र संकायले यसभन्दा अगाडि माध्यमिक तहमा पठनपाठन हुने विषयमा तालिम प्राप्त जनशक्ति उत्पादन गर्दै आएको छ ।
विद्यालय तहदेखि नै समाजशास्त्र विषयलाई अनिवार्य गरिएपछि सो विषयमा तालिम प्राप्त शिक्षक तथा प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले विभागले यो कार्यक्रम सञ्चालनमा ल्याएको शिक्षाशास्त्र संकायका सहायक डिन बलराम रायमाझीले जानकारी दिए । ‘केन्द्रीय विभागमा मात्र यो वर्ष पढाइहुन्छ, जम्मा ६ सेमेस्टरमा यो कार्यक्रम पुरा हुन्छ ।’ उनले भने, ‘माध्यमिक तहका विषयमा समेटिएका विषयवस्तुलाई उच्च शिक्षामा समावेश गरेर स्नातकोत्तर तहमा यो कार्यक्रम ल्याइएको छ ।’ यो कार्यक्रममा महिला, जनजाति, पिछडिएको वर्ग, दलित लगायतका वर्गीकृत समूहका सात जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने अर्का सहायक डिन डा. कुश्मिला आचार्यले जानकारी दिइन् ।
एमएसएसईडी अध्ययन गरेका विद्यार्थी विद्यालयदेखि विश्वविद्यालय तहका शिक्षक उत्पादन हुन्छन् । यसका अलावा यो विषय अध्ययन गरेका विद्यार्थीले सरकारी तथा गैरसरकारी संघसंस्थामा रोजगारीको अवसर पाउने छन् । अहिले कीर्तिपुरमा मात्र पढाइ हुन्छ ।’ उनले भनिन्, ‘यसको स्कोप बृहत छ, शिक्षाशास्त्रको उद्देश्य भनेकै दक्ष शिक्षक उत्पादन गर्ने हो त्यसैले हाम्रो लक्ष्य भनेको विद्यालय तहदेखि उच्च शिक्षा सम्मका लागि दक्ष शिक्षक तथा प्रशिक्षक उत्पादन गर्ने हो ।’ एमएसएसईडीमा नर्या भर्नाका लागि त्रिविले हिजो आवेदन माग गरेको छ ।
शिक्षाशास्त्रतर्फ स्नातक तह उत्तीर्ण गरेका वा एक वर्षे बिएड उत्तीर्ण गरेका विद्यार्थीहरुले यो कार्यक्रममा आवेदन दिन सक्ने सहायक डिन आर्चायले जानकारी दिए । यो कार्यक्रममा सहभागी हुन चाहने इच्छुक विद्यार्थीलहिजो देखि आगामी साउन १८ गते सम्म भर्नाका लागि आवेदन दिन सक्ने डिन कार्यालयले जानकारी दिएको छ । इच्छुक विदार्थीले दोब्बर दस्तरतिर साउन २५ गते सम्म आवेदन दिने सक्ने डिन कार्यालयले जानकारी दियो । साथै प्रथम वर्षको सकै कार्यक्रममा विद्यँर्थीले सोही मितिमा भर्नाका लागि आवेदन दिन सक्ने डिन कार्यालयले जानकारी दियो । सो तहको सवै कार्यक्रमको प्रवेश परीक्षा आगामी साउन ३० गते सञ्चालन गरी नतिजा भदौ पाँच गते सार्वजनिक गर्ने सूचना जारी गरिसकेको छ ।
शिक्षाशास्त्र संकाय अन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा सञ्चालित सबै विषयका एमएड तह प्रथम सेमेष्टरको नयाँ भर्ना कार्यक्रमका लागि हिजोदेखि फारम वितरण सुरु गरिसकेको छ । शिक्षाशास्त्र केन्द्रीय विभाग र काठमाडौं उपत्यकाभित्रका आंगिक क्याम्पसहरुमा प्रत्यक्ष र अनलाईन (मिश्रित) दुबै माध्यमबाट अध्ययन अध्यापन हुने भएकाले मुलुकको विभिन्न भागमा रहेका इच्छुक विद्यार्थी तथा शिक्षक-कर्मचारीहरुले घरमै बसी गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने उनले जानकारी दिए ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल