बिहिवार, आषाढ १७ २०७८
नेपाल खुला विश्वविद्यालय सेवा आयोगले स्थायी सेवामा पदपूर्ति गर्न प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदमा ७४ जनाका लागि दरखास्त माग गरेको छ। विश्वविद्यालयले सूचना निकालेर कार्यकारी परिषदको वैशाख २४ को निर्णयअनुसार भन्दै आन्तरिक र खुला प्रतियोगितामार्फत् प्राध्यापकदेखि कर्मचारीसम्म माग गरेको हो। आन्तरिक र खुला प्रतियोगितामार्फत स्थायी सेवामा पदपूर्ति गर्न विश्वविद्यालयले प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदमा आवेदन खुला गरेको हो।
विश्वविद्यालयले आज जारी गरेको सूचनाअनुसार आन्तरिक शिक्षण सेवातर्फ प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा गरी कूल २२ जना आवश्यक परेको छ। यस्तै आन्तरिक प्रतियोगिताबाट पूर्ति गर्नेगरी प्रशासनतर्फ शाखा अधिकृत, कार्यालय मुख्य सहायक, लेखा मुख्य सहायक, प्राविधिक मुख्य सहायक गरी कूल १० कर्मचारी माग गरिएको छ। यस्तै खुला प्रतियोगितामार्फत पूर्ति गर्नेगरी प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी कूल २२ जना माग गरिएको छ। यस्तै खुलाबाटै प्रशासनतर्फ शाखा अधिकृत, लेखा अधिकृतलगायत कूल २० कर्मचारी माग गरिएको छ। इच्छुक एवं योग्य नागरिकले सुचना प्रकाशित मितिले ३५ दिनभित्र आवेदन दिन सक्ने छन्।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल