बुधवार, आषाढ १६ २०७८
चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले स्नातक तह एमबिबिएस, बिडिएसलगायत शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्न लागिएको आयोगले जानकारी दिएको छ।
शैक्षिक सत्र २०७७/७८ का विभिन्न शैक्षिक कार्यक्रमका लागि लिइने एकीकृत प्रवेश परीक्षा साउनमा गर्ने भएको हो ।
स्नातक तह एमबिबिएस, बिडिएसलगायत शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा साउन दोस्रो सातादेखि गर्न लागिएको आयोगले जानकारी दिएको छ।
गत चैत ३ गते प्रकाशित सूचनाअनुसार अनलाइन मार्फत आवेदन दिएका परिक्षार्थिहरूले मात्रै प्रवेश परीक्षा दिन पाउनेछन्। यसैगरी परीक्षार्थी आफैँले छनौट गरेका परीक्षा केन्द्रमा परीक्षा दिन पाउने व्यवस्थापन मिलाइएको छ। र यदि परीक्षा केन्द्र छनौटमा छुटेका परीक्षार्थीका हकमा काठमाडौं परीक्षा केन्द्र नै कायम गरिएका छन्।
चिकित्सा शिक्षा ०७८ असार १६ गतेको सुचना अनुसार प्रवेश पत्र परीक्षा सुरू हुनुभन्दा ५ दिनअगाडि परीक्षार्थीले अनलाइनबाट प्रिन्ट गर्नुपर्ने हुन्छ।
परीक्षार्थीले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट बुझाउनुपर्छ। पोजेटिभ देखिए पनि परीक्षा दिन पाइनेछ। विदेशी विद्यार्थीका हकमा सात दिन क्वारेन्टिन बस्नुपर्छ।

अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल