शुक्रवार, आषाढ ११ २०७८
काठमाडौं /११ असार- पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यावस्थापन कार्यलयले कोभिड १९ को कारणले स्थगित गरिएका परीक्षाहरु पुनः सञ्चालन गर्ने भएको छ ।
विश्वविद्यालयले ०२७७ चैत २३ गते देखि सञ्चालित विज्ञान तथा प्रविधि र इञ्जिनियरिङ्ग संकाय एंव २०७७ चेत २७ गते देखि सञ्चालित कला र शिक्षाशास्त्र संकायका विभिन्न वर्ष र सेमेष्टरका परीक्षाहरु २०७८ बैशाख १४ गते देखि स्थगित गरिएको थियो ।
साथै स्थगित परीक्षाहरु २०७८ असार ३१ गते देखि सुचारु गरिने विश्वविद्यालयले जनाएको छ । स्थगित परीक्षा समय तालिका तथा केन्द्रहरु पछि प्रकाशित गरिने परीक्षा नियन्त्रक प्रा डा. सुर्यप्रसाद संग्रोलाले जानकारी दिनु भएको छ । 
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल