Oct 29 2026 | २०८३, कार्तिक १३गते

डाक्टर लाइसेन्स परीक्षा डिजिटल प्रविधिमा !

डाक्टर लाइसेन्स परीक्षा डिजिटल प्रविधिमा !

  • मंगलवार, फाल्गुण ११ २०७७

  • 1.5K
    SHARES

  • डाक्टर लाइसेन्स परीक्षा डिजिटल प्रविधिमा !

    नेपाल मेडिकल काउन्सिलले डाक्टर दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा डिजिटल प्रबिधि बाट लिन थालेको छ। कपिमा  परीक्षा लिने पद्धति फेर्दैे झन्डै दुई दशकपछि कम्प्युटरमा आधारित परीक्षा लिन थालिएको हो ।

    डिजिटल परिक्षा लिने व्यवस्थाले सनातकतह एमबीबीएस, बीडीएस र स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सकलाई लाइसेन्स परीक्षामा सहज भएको छ। पहिलेको प्रणाली मा परीक्षा दिदा धेरै त्रुटि हुने, एकपटक लगाएको उत्तर चिह्न सच्याउन नमिल्ने जस्ता समस्या अव बेहोर्नु नपर्ने भएकोछ । डिजिटल माध्याम बाट भएकोले एकपटक बिग्रेको प्रश्नोत्तर पुनासच्याउना मिल्ने छ । 


    यस परीक्षामा कुनै प्रश्नको उत्तर लेख्न छुट्ने पो हो कि भन्ने चिन्ता लिनुपर्दैन। कुनै प्रश्नको उत्तर लेख्न बाँकी रहे कम्प्युटरले सचेत गराउँछ भने  दुई ठाउँमा उत्तर लेख्न खोजे कम्प्युटरले एसेप्ट गर्दैन । 

    डिजिटल प्रबिधि बाट परिक्षा हुदा, परीक्षा हलमा प्रवेश गर्नुपूर्व बायोमेट्रिक हाजिरी गर्नुपर्छ। परीक्षार्थीले तोकिएको स्थानमा बसी नाम र पासवर्ड कम्प्युटरमा प्रविष्टि गर्नुपर्छ। त्यसपछि मात्र  निर्देशिकासहित प्रश्नपत्र देखिनेछन्। कम्प्युटर मनिटरमा परीक्षार्थीको फोटो, रोल नम्बर, परीक्षाको समय, उत्तर दिएको संख्या र उत्तर बाँकी संख्या निरन्तर देखिनेछ।   

    काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भने, ‘फोटो, नाम र कतिवटा उत्तर भयो। कतिवटा बाँकी छन्। बुझाउनअघि नै कम्प्युटरले सचेत गराउँछ। तीन महिनाअघिको विशेषज्ञ परीक्षादेखि पुरानो शैली फेरियो।’

    ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा आइतबार सुरु एमबीबीएसको दर्ता परीक्षामा १ हजार १ सय ७४ जना सहभागी छन्। बीडीएसतर्फ २ सय १० जना सहभागी भएको काउन्सिलले जनाएको छ। बीडीएसको दर्ता प्रमाणपत्र परीक्षा अन्तिम दिन मंगलबार हुँदै छ।

    पत्रपत्रिका बाट 

     

    images
    मंगलवार, फाल्गुण ११ २०७७०८:१२:१९
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल