मंगलवार, फाल्गुण ४ २०७७
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावली, २०५९को नवौ संशोधन गरेको छ । शिक्षा ऐन, २०२८ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी सरकारले शिक्षा नियमावली संशोधन गरेको हो ।
संसोधित नियमावली अनुसार कक्षा १० का विद्यार्थीलाई स्थानान्तरणको व्यवस्था, र शैक्षिक सत्र परिवर्तनलगायतका व्यवस्था गरेको छ ।
शिक्षा ऐन मुल नियमावलीको नियम ८० लाई संशोधन गर्दै कुनै विद्यार्थीले स्थानान्तरण प्रमाणपत्र लिनुपरेमा अभिभावकको सिफरिशसहित विद्यालय छाड्नु परेको यथार्थ विवरण खुलाई प्रधानाध्यापक समक्ष निवेदन पेशगर्नुपर्ने व्यवस्था गरेको छ।
स्थानान्तरण हुन चाहने विद्यार्थीले शैक्षिक सत्र शुरू भएको दुई महिनाभित्र स्थानान्तरण प्रमाणपत्र दिने र स्थानान्तर भई आउने विद्यालयको सिफरिशमा जिल्ला शिक्षा कार्यालयको सहमति लिई स्थानान्तरण प्रमाणपत्र दिन सकिने व्यवस्था नियमावलीले गरेको छ ।
“(२क) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि महामारी वा यस्तै अन्य विपद्का कारण पठन पाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयमा सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नु पर्नेछ र सोको जानकारी इकाइलाई दिनु पर्नेछ।”
संसोधित नियमावली अनुरुप महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नु पर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्नेछ।
स्पष्टीकरणस् यस नियमको प्रयोजनका लागि “विकट हिमाली क्षेत भन्नाले कालिकोट जुम्ला, डोल्पा, मुग हुम्ला, मनाङ र मुस्ताङ जिल्लाका नियमित रुपमा विद्यालय सञ्चालन हुन नसक्ने हिमाली क्षेत्र सम्झनु पर्छ।’





अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल