Oct 29 2026 | २०८३, कार्तिक १३गते

एमबिबिएस कार्यक्रमको शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन !

एमबिबिएस कार्यक्रमको शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन !

  • शनिवार, माघ १० २०७७

  • 1.5K
    SHARES

  • एमबिबिएस कार्यक्रमको शुल्क घटाउन प्रधानमन्त्रीको निर्देशन !

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन दिएका छन् ।  आयोगले शैक्षिकसत्र २०७७–०७८  मा एमबिबिएस कार्यक्रमको लागि ८ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेश गरेको थियो । आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धि गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो । 


    तर आयोगको अध्यक्ष  समेत रहेका प्रम ओलीले योवर्ष शुल्क नबढाउन निर्देशन दिएका हुन् ।  ‘कोरोना कहरले थला परेको अवस्थामा यो सरकारले शुल्कवृद्धि गर्दा नकारात्मक असर पर्ने भएकोले शुुल्क बढाउनु उचित हुँदैन, गत वर्षकै शुल्क कायम गर्नपर्छ–प्रम निवास बालुवाटारमा शुक्रबार सम्पन्न पाचौं बैठकमा  ओलीले भने । लगत्तै आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पनि अहिलेको अवस्थामा गलत सन्देश जाने भएकोले यो अवस्थामा शुल्क नबढाउन सुझाव दिएक थिए । 


      सिफारिस समितिले १७ विषय मध्य अधिकांसमा बढाउने सिफारिस गरेको थियो । बिडिएस, एमडिएमएस, एमडिएस साइन्स,एमडि आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको थियो ।

    #रातोपाटी बाट 

     

    images
    शनिवार, माघ १० २०७७०६:२०:३१
    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल