Oct 28 2026 | २०८३, कार्तिक १२गते

एमबीबीएसको प्रवेश परीक्षा आगामी भदौ पहिलो साता, सीटीइभीटीको साउनमा

एमबीबीएसको प्रवेश परीक्षा आगामी भदौ पहिलो साता, सीटीइभीटीको साउनमा

  • 1.3K
    SHARES

  • एमबीबीएसको प्रवेश परीक्षा आगामी भदौ पहिलो साता, सीटीइभीटीको साउनमा

    काठमाडौँ-जेठ,चिकित्सा शिक्षा आयोगलेएमबीबीएसको  एकीकृत प्रवेश परीक्षा भदौ पहिलो साता गर्ने भएको छ । त्यस्तै सीटीइभीटी अन्तर्गतको डिप्लोमा तहको कार्यक्रमको साउनमा प्रवेश परीक्षा लिने गरी शैक्षिक क्यालेन्डर सार्वजनिक गरिएको हो ।  आयोगको शुक्रवार बसेको बैठकले असार तेस्रो सातामा नै एमबीबीएसको प्रवेश परीक्षाको आवेदन फारम खुलाउन लागेको हो । कक्षा १२ को नतिजा सार्वजनिक हुनु भन्दा अघि नै आवेदन माग गर्न लागेको आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले बताए । कक्षा १२ को परीक्षामा समावेश भएको प्रवेशपत्र पेस गरेको आधारमा एमबीबीएसको एकीकृत परीक्षाको आवेदन दिन सक्ने व्यवस्था गरेको काप्रीले बताए । त्यस्तै कक्षा १२ को नतिजा प्रकाशन भएपछि मात्रै स्नातक तहको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिने भएको छ ।  विश्वविद्यालयको शैक्षिक क्यालेन्डर समयमा सुरु गर्न आयोगले यसपालि भदौमै परीक्षा लिने योजना अघि सारेको उनले बताए । अघिल्लो वर्ष कात्तिकमा प्रवेश परीक्षा भएर फागुनदेखि पढाई सुरु भएको थियो । विश्वविद्यालय अनुदान आयोगले सबै विश्वविद्यालयले मंसिरदेखि शैक्षिक सत्र सुरु गर्ने गरी क्यालेन्डर बनाएको छ ।  आयोगको क्यालेन्डर अनुसार भदौ पहिलो साता हुने एमबीबीएसको प्रवेश परीक्षाको नतिजा एक साता पछि भदौ दोस्रो साता सार्वजनिक गर्ने, भदौ चौथो साता अनलाइनबाट प्राथमिकता निर्धारण, मंसिरसम्म म्याचिङ सकेर  भर्ना गर्ने क्यालेन्डर बनाएको छ । त्यस्तै मंसिर चौथो सातादेखि कक्षा सुरु हुने आयोगको क्यालेन्डरमा उल्लेख छ । सीटीइभीटी तर्फको प्रवेश परीक्षाको लागि असारमै विज्ञापन गर्ने, भदौ देखि असोजसम्म विद्यार्थी भर्ना गरेर असोजदेखि कक्षा सुरु गर्ने गरी आयोगले क्यालेन्डर सार्वजनिक गरेको हो ।

    images
    शनिवार, जेठ १२ २०८१०८:१०:३०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल