Oct 28 2026 | २०८३, कार्तिक १२गते

सिनेट बैठक अनिश्चित हुँदा त्रिविको बजेटदेखि दीक्षान्तसम्म प्रभावित

सिनेट बैठक अनिश्चित हुँदा त्रिविको बजेटदेखि दीक्षान्तसम्म प्रभावित

  • 337
    SHARES

  • सिनेट बैठक अनिश्चित हुँदा त्रिविको बजेटदेखि दीक्षान्तसम्म प्रभावित

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ६७औँ सभा अर्थात् सिनेट बैठक कहिले बस्ने भन्ने अझै टुंगो लागेको छैन। गत असारमा बस्नुपर्ने बैठक नबस्दा विश्वविद्यालयका बजेट, नीति तथा प्रशासनिक काम प्रभावित भएका छन्।

    त्रिविको पछिल्लो सभा २०८२ असार २६ गते बसेको थियो। सिनेट बैठकबाट वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्नुपर्ने भए पनि बैठक नबस्दा बजेट पारित हुन सकेको छैन। यसले विकास निर्माण, मर्मतसम्भार, भुक्तानी तथा अन्य प्रशासनिक काममा असर परेको छ।

    दीक्षान्त समारोहका लागि आवश्यक ग्रेस लिस्ट पारित, नयाँ शैक्षिक कार्यक्रम, अनुसन्धान तथा दीर्घकालीन योजना स्वीकृतलगायतका कामसमेत प्रभावित भएका छन्।

    त्रिवि प्रवक्ता नविन्द्र भण्डारीले ६७औँ सभा बस्न बाँकी रहेको र छिट्टै बैठक बस्ने बताए। उपकुलपति प्रा.डा. भोला थापाले पनि आन्तरिक बजेट निर्माणको तयारी पूरा भइसकेको र सिनेटबाट छिट्टै बजेट पारित गरिने बताएका छन्।

    त्रिवि सभा ४९ सदस्यीय हुने कानुनी व्यवस्था भए पनि हाल २१ जना सदस्य मात्र पूर्ति भएका छन्। विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ।

    images
    बिहिवार, आश्विन ८ २०८३११:१९:५८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल