Oct 28 2026 | २०८३, कार्तिक १२गते

पोखरा विश्वविद्यालयमा चार संकायका डिनका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान

पोखरा विश्वविद्यालयमा चार संकायका डिनका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान

  • 298
    SHARES

  • पोखरा विश्वविद्यालयमा चार संकायका डिनका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान

    पोखरा । पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो।

    डिन छनोट प्रक्रियाअन्तर्गत उम्मेदवारले व्यक्तिगत विवरणसँगै सम्बन्धित संकायको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना समेत पेश गर्नुपर्नेछ।

    विश्वविद्यालयका अनुसार उम्मेदवारले पेश गर्ने कार्ययोजनामा संकायको SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम तथा क्रियाकलाप, कार्यान्वयन योजना र समयसीमा, आवश्यक स्रोत तथा बजेट र अनुगमन तथा मूल्यांकन लगायतका विषय समेटिनुपर्नेछ।

    खुला प्रतिस्पर्धाबाट डिन छनोट गर्दा उम्मेदवारको शैक्षिक योग्यता र अनुभवसँगै सम्बन्धित संकायको विकासका लागि प्रस्तुत गरिएको रणनीतिक योजना तथा त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्ने क्षमतालाई समेत आधार बनाइने विश्वविद्यालयले जनाएको छ।

    चारवटै संकायमा रिक्त डिन पदपूर्ति भएपछि संकायको शैक्षिक, प्रशासनिक तथा रणनीतिक नेतृत्व थप प्रभावकारी हुने विश्वविद्यालयको अपेक्षा छ। 810699194_1407661464085796_6829916453415012388_n_qmYPvC9taM.webp

    images
    शुक्रवार, आश्विन २ २०८३११:१८:२८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल