सोमवार, भाद्र २९ २०८३
काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको पहिलो रोजाइ बेलायत, अस्ट्रेलिया, अमेरिका र जापानजस्ता मुलुक बन्ने गरेको छ। विदेश गएर अध्ययन गर्ने बढ्दो आकर्षणका बीच नेपालमै बसेर अन्तर्राष्ट्रिय विश्वविद्यालयको डिग्री हासिल गर्न चाहने विद्यार्थीका लागि काठमाडौँको तीनकुनेस्थित द लण्डन कलेज वैकल्पिक गन्तव्यका रूपमा अघि बढेको छ।
आईएसएमटी ग्रुपअन्तर्गत सञ्चालित द लण्डन कलेजले बेलायतको स्कटल्याण्डस्थित युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्याण्डसँगको सम्बन्धनमा उच्च शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजका अनुसार यहाँ बेलायतको विश्वविद्यालयको पाठ्यक्रमअनुसार ३६० क्रेडिटसहितको चारवर्षे बीएस्सी (हन्स) कम्प्युटिङ साइन्स अध्ययन गर्न सकिन्छ।
विश्वविद्यालयको पाठ्यक्रममा कम्प्युटिङ साइन्ससँगै साइबर सेक्युरिटी, डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत प्रविधिसँग सम्बन्धित विषय समेटिएका छन्। ती विषयहरू पछिल्लो समय विश्व श्रम बजारमा उच्च माग भएका क्षेत्रका रूपमा स्थापित हुँदै गएका छन्।
कलेज प्रमुख शिला पौडेलका अनुसार कलेजको शैक्षिक पद्धति किताबी ज्ञानमा मात्र केन्द्रित नभई व्यावहारिक तथा उद्योगको आवश्यकतासँग जोडिएको छ।
‘हाम्रो पाठ्यक्रम अनुसन्धानमा आधारित र उद्योग-सापेक्ष छ,’ पौडेल भन्छिन्, ‘विद्यार्थीलाई पुस्तकमा मात्र सीमित नराखी प्राक्टिकल र डिजिटल माध्यमबाट सिकाइन्छ। विभिन्न देशमा अध्ययन तथा कामको अनुभव भएका दक्ष प्राध्यापकबाट अध्यापन हुने भएकाले विद्यार्थीले विषयलाई व्यवहारसँग जोडेर बुझ्ने अवसर पाउँछन्।’
कलेजका अनुसार बेलायतको क्युएए (QAA) मापदण्डअनुसार पाठ्यक्रम समयअनुकूल अद्यावधिक हुने भएकाले विद्यार्थीले प्रविधि क्षेत्रमा भइरहेका नयाँ विकास र आवश्यक सीपबारे अध्ययन गर्ने अवसर पाउँछन्।
विद्यार्थीको रोजाइमा व्यावहारिक अध्ययन
सिरहाको गोलबजारका डेभिड मेहता अहिले द लण्डन कलेजमा बीएस्सी कम्प्युटिङ साइन्स अध्ययन गरिरहेका छन्। नेपालमै बसेर बेलायतको डिग्री हासिल गर्न सकिने र साथीभाइ तथा अनलाइनबाट प्राप्त जानकारीका आधारमा आफूले कलेज रोजेको उनी बताउँछन्।
‘कलेज सुरु गरेको दुई–तीन दिनमै यहाँको शैक्षिक वातावरणले मेरो मन जित्यो,’ डेभिड भन्छन्, ‘शिक्षकको मार्गदर्शन, आधुनिक कम्प्युटर ल्याब र अन्य भौतिक सुविधाबाट म सन्तुष्ट छु। प्रविधिको क्षेत्रमा नयाँ कुरा सिक्न र व्यावहारिक ज्ञान हासिल गर्न यहाँको वातावरण अनुकूल छ।’
काठमाडौँको बालाजुका सक्षम खड्काले पनि कक्षा १२ पूरा गरेपछि उच्च शिक्षाका लागि बीएस्सी (हन्स) कम्प्युटिङ साइन्स रोजेका छन्। कलेजमा पुग्दा प्राध्यापक तथा सिनियर विद्यार्थीबाट पाएको परामर्श र सहयोगले आफूलाई प्रभावित पारेको उनी बताउँछन्।
विद्यार्थीले आफ्ना जिज्ञासा सहज रूपमा राख्न सक्ने, प्राध्यापक तथा परामर्शदाताबाट शैक्षिक तथा करिअरसम्बन्धी मार्गदर्शन पाउने वातावरण आफूलाई मन परेको सक्षमको भनाइ छ।
आधुनिक पूर्वाधारदेखि मनोरञ्जनसम्म
द लण्डन कलेजले अध्ययनलाई कक्षाकोठामा मात्र सीमित नराखी विद्यार्थीको व्यावहारिक ज्ञान, सीप र व्यक्तित्व विकासमा समेत जोड दिएको जनाएको छ।
कलेजमा स्मार्टबोर्डसहितका डिजिटल कक्षाकोठा, डेटा साइन्स, एआई तथा साइबर सेक्युरिटीका लागि छुट्टाछुट्टै प्रयोगशाला र कम्प्युटिङसम्बन्धी अध्ययनका लागि आवश्यक पूर्वाधार रहेको कलेजले जनाएको छ।
विद्यार्थीका लागि ल्यापटप प्रयोगलाई अनिवार्य गरिएको कलेजमा जिम, रुफटप क्याफेटेरिया, पुल हाउस तथा संगीतका साधनसहितको ‘चिलिङ एरिया’समेत रहेको छ। अध्ययनसँगै विद्यार्थीलाई आराम तथा अतिरिक्त गतिविधिमा सहभागी हुने वातावरण तयार गरिएको कलेजको भनाइ छ।
अध्ययनसँगै रोजगारीको तयारी
उच्च शिक्षा पूरा गरेपछि रोजगारीका लागि आवश्यक सीप विकासमा पनि कलेजले विशेष ध्यान दिएको जनाएको छ। कलेजले वर्षमा दुईदेखि तीन पटकसम्म जब फेयर आयोजना गर्ने गरेको र त्यस्ता कार्यक्रममा ३० भन्दा बढी कम्पनी सहभागी हुने दाबी गरेको छ।
कलेज प्रमुख पौडेलका अनुसार विभिन्न प्रविधि कम्पनीसँगको सहकार्यका कारण विद्यार्थीले अध्ययनकै क्रममा इन्टर्नसिप तथा रोजगारीका अवसर खोज्न सक्छन्।
विद्यार्थीलाई रोजगार बजारका लागि तयार पार्न नियमित रूपमा सीभी लेखन, अन्तर्वार्ता तयारी, ह्याकाथन तथा उद्योग क्षेत्रका विज्ञसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने कलेजले जनाएको छ।
यसले विद्यार्थीलाई विश्वविद्यालयको डिग्रीसँगै व्यावहारिक सीप, कार्यअनुभव र रोजगारीका लागि आवश्यक आत्मविश्वास विकास गर्न सहयोग पुग्ने कलेजको विश्वास छ।
भर्नाका लागि सहज प्रक्रिया
बीएस्सी (हन्स) कम्प्युटिङ साइन्स अध्ययन गर्न कक्षा १२ वा प्लस टु उत्तीर्ण विद्यार्थी योग्य हुने कलेजले जनाएको छ। भर्ना प्रक्रियाअन्तर्गत कलेजले आन्तरिक प्रवेश परीक्षा तथा अंग्रेजी भाषा परीक्षण सञ्चालन गर्ने भएकाले विद्यार्थीले अतिरिक्त जटिल प्रक्रिया पूरा गर्नुपर्ने अवस्था नरहेको कलेजको भनाइ छ।
नेपालमै बसेर अन्तर्राष्ट्रिय विश्वविद्यालयको डिग्री हासिल गर्न चाहने विद्यार्थीका लागि प्रविधिमैत्री वातावरण, आधुनिक पाठ्यक्रम, व्यावहारिक अध्ययन र करिअरमुखी गतिविधिको संयोजन उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कलेजले जनाएको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल