Oct 29 2026 | २०८३, कार्तिक १३गते

नेपाल जुलोजिकल सोसाइटीको दसौँ साधारण सभा सम्पन्न, संरक्षणमा जोड

नेपाल जुलोजिकल सोसाइटीको दसौँ साधारण सभा सम्पन्न, संरक्षणमा जोड

  • 292
    SHARES

  • नेपाल जुलोजिकल सोसाइटीको दसौँ साधारण सभा सम्पन्न, संरक्षणमा जोड

    काठमाडौँ । नेपाल जुलोजिकल सोसाइटीको दसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले नेपालमा जुलोजी अध्ययन, अनुसन्धान तथा जनशक्ति विकासलाई प्रभावकारी बनाउन सरकारले छुट्टै जुलोजी विभाग गठन गर्नुपर्ने माग गरेको छ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागको सेमिनार हलमा शनिबार सम्पन्न सभामा देशभरका करिब ८० जना जुलोजिस्ट तथा प्राध्यापक सहभागी भएका थिए।

    सभामा वन्यजन्तु तथा जैविक विविधता संरक्षण, अनुसन्धान र व्यवस्थापनमा जुलोजिस्टको भूमिका महत्वपूर्ण रहेको भन्दै जुलोजीलाई अनुसन्धान, नवप्रवर्तन र संरक्षणसँग जोड्न सरकारसँग आग्रह गरिएको थियो।

    सातवटै प्रदेशका कार्यक्रम तथा प्रतिवेदन प्रस्तुत गर्नुका साथै यसै वर्ष अन्तर्राष्ट्रिय जुलोजिकल कंग्रेस आयोजना गर्न विभिन्न संघसंस्थासँग सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो। युवा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी वर्षदेखि विशेष कार्यक्रम तथा नीति ल्याउने विषयमा समेत निर्णय भएको छ।

    सोसाइटीका लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष बाबुराम बन्जाडेका अनुसार लाइफ मेम्बरबाट संकलित रकमबाट प्रत्येक वर्ष कम्तीमा दुई जना स्नातकोत्तर तहका प्राणीशास्त्र विद्यार्थीलाई अनुसन्धान तथा शैक्षिक कार्यका लागि अनुदान उपलब्ध गराउने लक्ष्य राखिएको छ।

    सोसाइटीका अध्यक्ष प्रा. डा. हरिप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. नन्दबहादुर सिंह प्रमुख अतिथि थिए। कार्यक्रममा प्राणीशास्त्र क्षेत्रका विज्ञ, प्राध्यापक तथा अनुसन्धानकर्ताको सहभागिता थियो।

    images
    आइतवार, भाद्र २१ २०८३०९:१०:०१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल