बिहिवार, भाद्र १८ २०८३
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रसुवागढी–भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रत्यक्ष प्रभावित परीक्षार्थीका लागि असोजको दोस्रो हप्ताभित्र विशेष परीक्षा सञ्चालन गर्ने भएको छ।
बाढीका कारण अवस्था जटिल बनेर त्रिविले सार्वजनिक गरेको संशोधित परीक्षा तालिकाअनुसार समेत परीक्षा दिन नसक्ने प्रभावित परीक्षार्थीलाई लक्षित गरी विशेष परीक्षा सञ्चालन गर्न लागिएको हो।
विशेष परीक्षामा सहभागी हुन प्रभावित परीक्षार्थीले आफू बाढीबाट प्रभावित भएको पुष्टि हुने आधिकारिक कागजात पेस गर्नुपर्नेछ। अस्पतालमा उपचाररत घाइते परीक्षार्थीले अस्पताल भर्ना भएको प्रमाण पेस गर्नुपर्नेछ भने काजकिरियामा रहेका वा घरबारविहीन भएका परीक्षार्थीले सम्बन्धित स्थानीय तहबाट प्रमाणित कागजात बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खु तथा सम्बन्धित डीन कार्यालयमार्फत तोकिएका परीक्षा केन्द्रमा विशेष परीक्षा नियमित परीक्षासरह सञ्चालन हुने त्रिविले जनाएको छ।
यसैबीच, गत भदौ १० गतेको बाढीका कारण स्थगित भएका अन्य सामान्य परीक्षाहरू भने यसअघि नै प्रकाशित संशोधित परीक्षा तालिकाअनुसार सञ्चालन हुनेछन्। त्रिविका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटीले जारी गरेको सूचनामा विशेष परीक्षासम्बन्धी व्यवस्था उल्लेख गरिएको छ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल