शनिवार, श्रावण ३० २०८३
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा एमबीएसलगायत स्नातकोत्तर तहका कक्षा दिवा सत्रमा मात्रै सञ्चालन हुँदा अध्ययनसँगै रोजगारी, इन्टर्नसिप, अनुसन्धान तथा सीप विकासमा जोडिन कठिन भएको विद्यार्थीहरूले गुनासो गरेका छन्।
विद्यार्थीहरूका अनुसार सेमेस्टर प्रणालीमा ८० प्रतिशत अनिवार्य हाजिरी पूरा गर्नुपर्ने भएकाले दिउँसो कक्षामा उपस्थित हुनैपर्ने बाध्यता छ। यसले विशेषगरी काठमाडौंमा अध्ययनका लागि आएका र आफ्नो पढाइ तथा जीवनयापन खर्च आफैँ जुटाउनुपर्ने विद्यार्थीलाई थप आर्थिक समस्या परेको उनीहरूको भनाइ छ।
विद्यार्थीहरूले दिवा सत्रको विकल्पमा बिहान र बेलुका पनि एमबीएस कक्षा सञ्चालन गर्न माग गर्दै त्रिविका उपकुलपति प्रा.डा. भोला थापालाई ध्यानाकर्षण पत्र बुझाएका छन्। उनीहरूले नयाँ भवनमा एमबीएसका कक्षा सञ्चालन गरी विद्यार्थीमैत्री, लचिलो र समावेशी शैक्षिक वातावरण बनाउन माग गरेका छन्।
यस्तै, एमबीएसको शुल्क किस्ताबन्दीमा तिर्ने व्यवस्था गर्न, प्रशासनिक तथा शैक्षिक व्यवस्थापन सुधार गर्न र पुस्तकालय विकास शुल्क लिइएअनुसार विभागीय पुस्तकालय नियमित रूपमा विद्यार्थीका लागि खुला गर्न पनि विद्यार्थीहरूले माग गरेका छन्।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल