Oct 29 2026 | २०८३, कार्तिक १३गते

योग्य जनशक्ति भर्ना नै विश्वविद्यालय सुधारको प्रस्थानविन्दुः नीति कार्यशाला

योग्य जनशक्ति भर्ना नै विश्वविद्यालय सुधारको प्रस्थानविन्दुः नीति कार्यशाला

  • 193
    SHARES

  • योग्य जनशक्ति भर्ना नै विश्वविद्यालय सुधारको प्रस्थानविन्दुः नीति कार्यशाला

    उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत सुधारसँगै शैक्षिक क्यालेन्डरको प्रभावकारी कार्यान्वयन र विश्वविद्यालयहरूबिचको समन्वय फराकिलो बनाउने निष्कर्षसहित दुईदिने नीति कार्यशाला शनिबार सम्पन्न भएको छ ।

    शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा सिंहदरबारमा ‘विश्वविद्यालय संकाय भर्ना, विकास र पदोन्नतिः मिशन पङ्क्तिबद्धता, प्रोत्साहन र प्रभाव’ विषयक कार्यशाला आयोजना गरिएको हो ।

     

    कार्यशालाले नीतिगत तथा कानुनी सुधारमार्फत योग्य र दक्ष जनशक्तिलाई विश्वविद्यालयमा प्रवेश गराउनु नै विश्वविद्यालय सुधारको प्रस्थानविन्दु भएको निष्कर्ष निकालेको छ । विश्वविद्यालयहरूले प्रमाण र तथ्यमा आधारित निर्णय प्रणाली विकास गर्दै अनुसन्धान, शिक्षण, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई प्रोत्साहन गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् । साथै, ज्ञान उत्पादन र उच्च शिक्षाको प्रभावकारिता बढाउन भर्ना तथा पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी र परिणाममुखी बनाउनुपर्ने ठहर गरिएको छ । 

     

    समापन कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले मन्त्रालय र विश्वविद्यालयबीचको दूरी कम गर्दै गुणस्तर अभिवृद्धि गर्न आवश्यक नीतिगत सुधारका लागि मन्त्रालय तत्पर रहेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्यहरू रेशु अर्याल ढुंगाना र प्राडा सुदन झाले युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न र शैक्षिक क्यालेन्डरको कडा पालना गर्न जोड दिए । 

     

    त्यस्तै, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा खड्गबहादुर केसी, त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष किशोर थापा र मन्त्रालयका महाशाखा प्रमुख श्रीचन्द्र भट्टराईले स्थापित मापदण्डका आधारमा उत्कृष्टता कायम गर्दै अन्तरविश्वविद्यालय असल अभ्यासको साझेदारी हुनुपर्ने बताए । 

    अमेरिकास्थित स्टोनी ब्रुक विश्वविद्यालयका प्राध्यापक श्याम शर्मा मुख्य सहजकर्ता रहेको उक्त कार्यशालामा राष्ट्रिय योजना आयोग, विश्वविद्यालय अनुदान आयोगसहित त्रिभुवन, काठमाडौं, पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिम, मदन भण्डारी र कृषि तथा वन विश्वविद्यालयका उपकुलपति, शिक्षाविद् तथा नीति विज्ञहरूको सहभागिता थियो ।

    images
    बुधवार, श्रावण २७ २०८३०६:२५:३७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल