Oct 29 2026 | २०८३, कार्तिक १३गते

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि संक्षिप्त सूची सार्वजनिक

काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि संक्षिप्त सूची सार्वजनिक

  • 238
    SHARES

  • काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि संक्षिप्त सूची सार्वजनिक

     काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि प्राप्त आवेदनहरूमध्ये १० जना उम्मेदवारहरूको नाम संक्षिप्त सूचीमा समावेश गरी सार्वजनिक गरिएको छ ।

    ‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम उपकुलपति पदका लागि परेका दरखास्तहरूबाट वर्णानुक्रमअनुसार १० जना उम्मेदवारहरूको नामावली छनोट गरिएको हो ।

    छनोटमा परेका उम्मेदवारहरूमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपाने रहेका छन् ।

    संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूका सम्बन्धमा कुनै रायसुझाव दिन चाहने व्यक्तिहरूका लागि साउन २० गतेसम्म उपलब्ध गराइएको गुगल लिङ्कमार्फत आफ्ना सुझावहरू पठाउन सकिने व्यवस्था गरिएको छ ।

    संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालयमा हुने भएको छ ।

    763577277_2431203737363343_903372512118080755_n_wnJ7wrCoqk.jpg

    images
    सोमवार, श्रावण १८ २०८३०१:२४:०९

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल