Oct 29 2026 | २०८३, कार्तिक १३गते

कुन विश्वविद्यालयमा को भए उपकुलपति ?

कुन विश्वविद्यालयमा को भए उपकुलपति ?

  • 298
    SHARES

  • कुन विश्वविद्यालयमा को भए उपकुलपति ?

     कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले विभिन्न ७ वटा विश्वविद्यालयमा  उपकुलपति नियुक्त गरेका छन् ।

    शुक्रबार प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरेका छन् ।

    त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई नियुक्त गरिएको छ । 

     

    त्यस्तै पोखरा विश्वविद्यालयकाे उपकुलपतिमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयकाे उपकुलपतिमा सुजन बाबु मरहट्टालाई नियुक्त गरिएको छ । 

    सर्टलिस्टमा परेका तीन/तीन जना मध्ये एक जनालाई कुलपति शाहले नियुक्त गरेका हुन्।

    images
    सोमवार, आषाढ २२ २०८३१२:४६:१४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल