शुक्रवार, आषाढ १९ २०८३
सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन् ।
कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् । जस अनुसा, त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका हुन् ।
खुला प्रतिस्पर्धाबाट उनीहरूलाई नियुक्त गरिएको हो । उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो ।
उक्त समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले शुक्रबार नियुक्त गरेका हुन् ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल