सोमवार, आषाढ १५ २०८३
त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आज सम्पूर्ण विभाग र आंगिक क्याम्पसहरूलाई परिपत्र गर्दै ६० दिनभित्र त्यस्ता संरचना हटाउन भनेको हो ।
संरचना हटाएपछि ‘स्टुडेन्ट काउन्सिल तथा भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्रको विकाससमेत गर्न निर्देशन दिइएको छ । निर्देशनालयका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयको पत्रबमोजिम उक्त परिपत्र गरिएको हो ।
मन्त्रालयले ‘शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय–विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल तथा भ्वाइस अफ स्टुडेन्ट’ संयन्त्रको विकास गर्न’ व्यहोराको पत्र गत असोज ९ गते पठाएको थियो ।
निर्देशनालयले भनेको छ, ‘सोहीअनुसार गरी गराई यस निर्देशनालयमा यथाशीघ्र छिटो जानकारी गराउनहुन निर्देशानुसार अनुरोध गर्दछु ।’
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल