बुधवार, आषाढ ३ २०८३
शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न आठ वटा विश्वविद्यालयका उपकुलपति पदका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताकाे मिति तोकेको छ । मन्त्रालयले मङ्गलबार एक सूचना जारी गर्दै असार १३ गतेदेखि १५ गतेसम्म अन्तर्वार्ता मिति तोकेको हो।
त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय,मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षि विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति पदका उम्मेदवारहरूको प्रस्तुतीकरण हुनेछ । प्रस्तुतीकरण शिक्षा तथा खेलकुद मन्त्रालयमा हुनेछ।
शिक्षा मन्त्रालयका अनुसार १५ वटा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार निमित्तको भरमा सञ्चालनमा छन् । गत जेठ २२ गते शिक्षा मन्त्रालयले आठ वटा विश्वविद्यालयमा उपकुलपतिको अल्पसूची सार्वजनिक गरेको थियो, जसमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपतिमा दरखास्त दिएकामध्ये ७७ जनाको नाम अल्पसूचीमा सार्वजनिक गरिएको थियो।
सिफारिस समितिले सार्वजनिक गरिएको अल्पसूचीमा परेका उम्मेदवारहरूका सम्बन्धमा सरोकारवाला तथा सर्वसाधारणबाट राय र सुझावसमेत माग गरेको थियो।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल