Oct 29 2026 | २०८३, कार्तिक १३गते

१० दिन भित्र काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग

१० दिन भित्र काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग

  • 1.2K
    SHARES

  • १० दिन भित्र काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग

    काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि आवेदन माग गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले ‘उपकुलपति खोज तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१’ अनुसार १० दिनको समय दिएर आवेदन दिन माग गरेको हो । योग्य व्यक्तिहरूले ललितपुरको बालकुमारीमा रहेको स्कुल अफ म्यानेजमेन्टमा आवेदन दिन सक्नेछन् । यसअघि उपकुलपति छान्न काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा प्राडा अर्जुन कार्की र पूर्वशिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् । समितिका अनुसार मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त गरेको व्यक्तिले उपकुलपतिका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै उम्मेदवार कुनै पनि विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई काम गरेको अनुभव र दरखास्त दिनुअघि कुनै पनि राजनीतिक दलको सदस्य नरहेको व्यक्ति हुनुपर्नेछ । आगामी माघ ६ गतेदेखि उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेपछि नयाँ प्रक्रिया थालिएको हो ।

    images
    बिहिवार, पौष १८ २०८१०७:४४:२६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल