Oct 29 2026 | २०८३, कार्तिक १३गते

विदेशी सम्बन्धन प्राप्त कलेजलाई नियमन गर्न बनेको निर्देशिका संशोधनको गृहकार्य अगाडि बढाउने निर्णय

विदेशी सम्बन्धन प्राप्त कलेजलाई नियमन गर्न बनेको निर्देशिका संशोधनको गृहकार्य अगाडि बढाउने निर्णय

  • 1.1K
    SHARES

  • विदेशी सम्बन्धन प्राप्त कलेजलाई नियमन गर्न बनेको निर्देशिका संशोधनको गृहकार्य अगाडि बढाउने निर्णय

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’ माथि संशोधन गर्ने भएको छ । आइतबार बसेको उच्चस्तरीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले निर्देशिका संशोधनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । बैठकले विज्ञ उपसमितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । बैठकको निर्णयपछि मन्त्रालयले प्रतिपादन सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयका प्राडा विनिल अर्याल नेतृत्वको विज्ञ उपसमितिले विदेशी सम्बन्धन प्राप्त कलेजहरूको नियमन गर्न सुझाव दिएको थियो । साथै निर्देशिका संशोधन गर्न समेत सुझाव दिएको थियो । सोही आधारमा मन्त्रालयले संशोधनको गृहकार्य अगाडि बढाउने निर्णय गरेको हो ।

    images
    सोमवार, मंसिर ३ २०८१०९:३७:२६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल