बिहिवार, कार्तिक २९ २०८१
काठमाडौँ ।कार्तिक२९,
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कात्तिक ३० गतेका लागि तय गरिएको उपप्राध्यापक पदको परीक्षा यथावत् रहेको जनाएको छ । २०७७ सालमा खोलिएको उपप्राध्यापक पदको विज्ञापन अहिलेसम्म परीक्षा हुन सकेको थिएन । आयोगले कात्तिक ३० गतेका लागि तोकिएको परीक्षा रोक्ने चेतावनी आंशिक प्राध्यापकहरूले दिएका छन् । उनीहरूको चेतावनीका बिच आयोगले तोकिएकै मितिमा परीक्षा हुने प्रस्ट पारेको हो । २०७७ सालमा ५८१ सिटका लागि विज्ञापन आह्वान गरेको थियो । उक्त विज्ञापनका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । मुद्दाको फैसला भएपछि आयोगले लिखित परीक्षाको मिति तय गरेको थियो । तर, अहिले आएर त्रिविमा कार्यरत आंशिक प्राध्यापकहरूले उक्त परीक्षा रोक्ने चेतावनी दिएका छन् । आफूहरूलाई मासिक तलबको सुनिश्चितता गर्दै करार गर्ने प्रक्रिया अगाडि नबढाए उक्त परीक्षा हुन नदिने उनीहरुले चेतावनी दिएका हुन् । उनीहरूसँग गत साउन १५ गते गरिएको सम्झौता अनुसार त्रिविले स्थलगत अनुगमन समिति गठन गरेको छ । उक्त समितिको स्थलगत अनुगमनपछि पेस गर्ने प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्तिको कार्यविधि तयार पार्ने योजना त्रिविको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल