Oct 29 2026 | २०८३, कार्तिक १३गते

एउटा कलेजले दुई विश्वविद्यालयको कार्यक्रम चलाउन लगाइयो रोक

एउटा कलेजले दुई विश्वविद्यालयको कार्यक्रम चलाउन लगाइयो रोक

  • 706
    SHARES

  • एउटा कलेजले दुई विश्वविद्यालयको कार्यक्रम चलाउन लगाइयो रोक

    काठमाडौँ–सरकारले गठन गरेको विज्ञ समितिले एउटा कलेजले विदेशी दुई वटा विश्वविद्यालयको कार्यक्रम सञ्चालनमा रोक लगाउन सुझाव दिएको छ । त्यस्तै विदेशी कार्यक्रम सञ्चालन भएका कलेज परिसरमा नेपाली विश्वविद्यालयको कार्यक्रम पनि सञ्चालन गर्न नदिन सरकारलाई समितिले सिफारिस गरेको छ । काठमाडौँको बागबजार स्थित एमआइटी कलेज परिसरमा त्रिविबाट सम्बन्धन लिएको कार्यक्रम पनि सञ्चालन भइरहेको छ । त्यस्तै थापाथली स्थित ब्रिटिस कलेजमा दुई वटा विदेशी विश्वविद्यालयको कार्यक्रम सञ्चालनमा रहेको छ । समितिले दिएको सुझावमा भनिएको छ,‘एउटै भवन परिसरमा एकभन्दा बढी नेपाली वा विदेशी विद्यालयका कार्यक्रम सञ्चालन गरेका कलेजलाई एक वर्ष भित्र अलग अलग स्थानमा कार्यक्रम सञ्चालन गर्न लगाउने र सो नगरेमा अनुमति खारेजीको प्रक्रियामा जाने ।’ समितिले कलेजको नाम परिवर्तन गर्न नपाइने, सञ्चालन स्थान परिवर्तन गर्दा सम्बन्धित जिल्लाबाहेक अन्यत्र गर्न नपाइने सुझाव पनि दिएको छ । मन्त्रालयले अनुगमन संयन्त्र बनाई वार्षिक रूपमा अनुगमन गरी पूर्वाधार पूरा गरेका र नगरेका कलेजहरूको नामावली प्रकाशन गर्नु पर्ने समितिको सुझाव छ । पूर्वाधार पूरा नगरेकालाई एक वर्षको समय दिई पूर्वाधार पूरा गर्न लगाउने र अनुगमन गर्दा पूर्वाधार पूरा नगरेको पाइएमा कलेजमा भर्ना रोकी खारेज गर्ने प्रक्रियामा जानु पर्ने प्रतिवेदनमा सुझाव छ । त्यस्तै प्रत्येक कलेजले छुट्टा छुट्टै डेडिकेटेड पूर्णकालीन प्रिन्सिपलको व्यवस्था गर्नु पर्ने, हरेक कलेजले मन्त्रालयले उपलब्ध गराएको ढाँचामा वार्षिक प्रतिवेदन तयार गरी मन्त्रालय समक्ष माघ महिना भित्र पेस गर्नुपर्ने सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

    images
    बुधवार, कार्तिक २१ २०८१०६:०१:३३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल