Oct 29 2026 | २०८३, कार्तिक १३गते

भए दुई सदस्य नियुक्त बागमती विश्वविद्यालयको संरक्षक समितिमा

भए दुई सदस्य नियुक्त बागमती विश्वविद्यालयको संरक्षक समितिमा

  • 847
    SHARES

  • भए दुई सदस्य नियुक्त बागमती विश्वविद्यालयको संरक्षक समितिमा

    हेटौँडा । जेठ बागमती विश्वविद्यालयको संरक्षक समितिमा २ जना सदस्य नियुक्त भएका छन् । बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बागमती विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज) मा २ जना सदस्य नियुक्त गरेको हो । बैठकले संरक्षक समितिको सदस्यमा प्रा.डा.चन्द्रमणि पौडेल र कृष्ण कटुवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश विकास परिषद्मा सदस्यहरू मनोनयन गर्ने निर्णय गरिएको छ । एक तिहाइ महिला रहने गरी २५ सदस्यहरू उक्त परिषद्मा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रचलित कानुन बमोजिम स्थापना भएका संस्थाका प्रतिनिधि र निजी क्षेत्रका तथा विभिन्न वर्गबाट राष्ट्रका लागि योगदान गरेका व्यक्ति सदस्य रहने व्यवस्था गरिएको छ । सो परिषद्को सदस्य भने निर्धारण गरिएको छैन । सहिद स्मारक प्रकृति प्रतिष्ठान थानकोटको व्यवस्थापन गर्ने जिम्मेवारी तोक्ने निर्णय गरेको छ । सङ्घीय सरकार मातहत रहेको उक्त स्मारक प्रदेश सरकार मातहत रहने गरी व्यवस्थापकीय जिम्मेवारी तोकिएको मन्त्री श्रेष्ठले बताए । प्रदेश खेलकुद नियमावली २०७६ को दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय गरिएको छ । यसअघि गत २०७८ मा गरिएको पहिलो संशोधनले गरेको जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यकाल २ वर्ष कायम गरेको थियो । उक्त प्रावधानलाई परिमार्जन गरी अध्यक्षको जिम्मेवारी चार वर्ष कायम गर्नु नियमावली संशोधन गरिएको मन्त्री श्रेष्ठले बताए । बैठकले प्रदेश कामकाजी भाषा ऐन २०८० को कार्यान्वयनको लागि सुझाव कार्यदल गठन गर्न र सो कार्यदलको सेवा सुविधा तथा शर्त सम्बन्धी व्यवस्था गर्ने निर्णय गरिएको छ । सो कार्यदलको संयोजक संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका सचिवको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव र भाषा आयोगले तोकेको प्रतिनिधि, अध्यक्ष नेपाल तामाङ घेदुङ सङ्घ सङ्घीय कार्यकारी समिति, अध्यक्ष नेवा: दवु सदस्य, रहने व्यवस्था रहेको छ भने संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका संस्कृति पर्यटन महाशाखा हेर्न अधिकृत सदस्य सचिव रहने छन् । बैठकले प्रदेश कला सम्पदा तथा संस्कृति संरक्षण सम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको छ ।

    images
    आइतवार, जेठ ६ २०८१०५:५७:०१

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल