Oct 29 2026 | २०८३, कार्तिक १३गते

पटक पटक एउटै लापरबाही पछि परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस

पटक पटक एउटै लापरबाही पछि परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस

  • 1.0K
    SHARES

  • पटक पटक एउटै लापरबाही पछि परीक्षा नियन्त्रक जोशीसहित जिम्मेवार अधिकारीहरूलाई कारबाही गर्न सिफारिस

    IMG_20240506_061940.jpgकाठमाडौँ । बैशाख,त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा अध्यन गर्न गठित उच्चस्तरीय समितिले परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीसहित जिम्मेवार पदाधिकारीहरूलाई आवश्यक कारबाही गर्न सिफारिस गरेको हो। त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयले राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तिन सदस्यीय उच्चस्तरीय अध्यन समिति गठन गरेको थियो । समितिले आफ्नो प्रतिवेदन उपकुलपति प्राडा केशरजंग बराललाई बुझाएको छ । सो प्रतिवेदनमा परीक्षा नियन्त्रण कार्यालयमा सम्बन्धित ब्याक्तीहरुले चरम लापरबाही देखिएको भन्दै जिम्मेवार अधिकारीहरूलाई आवश्यक कारबाही गर्न सिफारिस गरिएको हो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को २०८० गत चैत्र १५ गते बसेको बैठकले उक्त प्रकरणमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रारसमेत रहेर काम गरिसकेका पौडेलको संयोकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । स्रोतका अनुसार परीक्षा नियन्त्रक जोशीसहित सह–परीक्षा नियन्त्रकहरू, २ वटा शाखाका प्रमुखहरूलाई आवश्यक कारबाही गर्न समितिले सिफारिस गरेको हो । समितिले परीक्षाका सबै अधिकारीहरूसँग सोधपुछ तथा बयान लिएको थियो । त्यस्तै उत्तर पुस्तिका हराएको विषयसँग सम्बन्धित आवश्यक प्रमाणसमेत सङ्कलन गरेर रिपोर्ट उपकुलपति बराललाई बुझाएको हो । उपकुलपति बरालले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन रजिष्ट्रारलाई निर्देशन दिएका छन् । रजिष्ट्रार प्राडा केदार प्रसाद रिजालले भने, ‘समितिले प्रतिवेदन बुझाएको छ । अब कार्यकारी परिषद्को बैठक बसेर यसलाई आवश्यक प्रक्रियामा लैजाने भनेर निर्णय गरेपछि अध्ययन गरिनेछ । त्यसपछि कार्यान्वयन तथा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।’ त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मिति २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड न. ४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड न. ४१२) का उत्तर पुस्तिकाहरू हराएको थियो । ती विषयको २०८० चैत २१ गते पुनः परीक्षा भएको थियो । उत्तरपुस्तिका हराएको विषयमा चौतर्फी चासो व्यक्त भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयलाई छानबिन गर्न निर्देशन दिएकी थिइन् । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले गठन गरेको उच्चस्तरीय समितिलाई ३० दिनको समय उपलब्ध गराइएको थियो । उक्त उत्तरपुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विषयमा विस्तृत छानबिन गर्न समितिलाई कार्यादेश दिइएको थियो । सोही आदेशका आधारमा समितिले छानबिन गर्दै प्रतिवेदन बुझाएको हो । अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको थियो । त्यस्तै स्नातक तह बीए प्रथम वर्षको जनसङ्ख्या विषयको उत्तरपुस्तिका समेत हराएको थियो । गत कात्तिकको पहिलो साता भएको जनसङ्ख्या विषयको परीक्षाको उत्तरपुस्तिका सम्परीक्षण गर्नु अघि नै हराएको थियो । देशभरबाट ल्याइएका १६५ थान उत्तरपुरस्तिका हराएका थिए । एकलट परीक्षण भएको उत्तरपुस्तिका समपरीक्षकले २० प्रतिशत पुनः जाँच गर्नुपर्ने र सम्परीक्षण गर्नु अघि नै उत्तरपुस्तिकाको पोकै हराएको थियो । उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न राजनीतिक शास्त्र केन्द्रीय विभागका प्रमुख ईश्वरी कँडेलको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । 

    images
    मंगलवार, बैशाख २५ २०८१०८:५३:४८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल