Oct 29 2026 | २०८३, कार्तिक १३गते

पाठ्यक्रम परिमार्जन गरेमात्र बौद्धिक पलायन रोक्न सकिन्छ: प्रधानमन्त्री

पाठ्यक्रम परिमार्जन गरेमात्र बौद्धिक पलायन रोक्न सकिन्छ: प्रधानमन्त्री

  • 1.0K
    SHARES

  • पाठ्यक्रम परिमार्जन गरेमात्र बौद्धिक पलायन रोक्न सकिन्छ: प्रधानमन्त्री

    विराटनगर । बैशाख १४, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न र दिनानुदिन हजारौंको संख्यामा युवा-युवती बौद्धिक ब्याक्तित्व बिदेश पलायन हुन बाट रोक्नको लागि शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक (परिमार्जन) बनाउनुपर्ने प्रधानमन्त्रीले बताएका छन् । आज शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले बढ्दो बौद्धिक पलायन रोक्न पाठ्यक्रम समयानुकूल परिवर्तन टड्कारो आवस्यकताको रुपमा रहेको उनले बताएका हुन् ।  ‘युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरुरी देखिन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम तयार गरी अध्ययन गराउनुपर्छ । समृद्धिसँग जोड्ने व्यावसायिक शिक्षाको खाँचो बढ्दै गएको छ ।’ युवा सहभागिताबिना देशलाई समृद्धितर्फ अगाडि बढाउन नसकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा युवा लक्षित उद्यमशीलता र नवप्रवर्तन तथा मानव संशाधन विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जनामा विशेष जोड दिए ।  ‘युवा जोस, जाँगरयुक्त ज्ञान, सीप र क्षमतालाई देशले नियालिरहेको छ र योगदान खोजिरहेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘कूल जनसङ्ख्याको करिब ४० प्रतिशत युवा जनसाङ्ख्यिक लाभ नेपालले लिन सक्नुपर्छ र हामीले यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्नै पर्छ ।’ हाम्रो देशमा शैक्षिक क्षेत्रको उन्नयनमा आमूल रूपान्तरण गर्न नसक्नु दुःखद् विषय भएको भन्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक प्रणाली र यसले सिर्जना गरेको शैक्षिक बेरोजगारीको अवस्थालाई परिवर्तन गर्न जरुरी रहेको बताए ।बिगत लामो समयदेखि विद्यालय तथा विश्वविद्यालय तहमा सिकाउने शैली भन्दा रटाउने शिक्षा पद्धति चलिरहेको अनुभूति हुने गरेको र यो पुरानै पद्धतिले हामिलाइ अन्तर्राष्ट्रिय शिक्षा बजारमा निकै कम्जोर तुल्याउने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षामा अहिलेको माग अनुरुप प्राविधिक ज्ञान र सीपलाई विशेष जोड दिन निर्देशन दिए ।

    images
    शुक्रवार, बैशाख १४ २०८१०४:१९:४०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल