Oct 29 2026 | २०८३, कार्तिक १३गते

शिक्षामा तीन क्षेत्रको सुधारः शिक्षामन्त्री पौडेल

शिक्षामा तीन क्षेत्रको सुधारः शिक्षामन्त्री पौडेल

  • 2.0K
    SHARES

  • शिक्षामा तीन क्षेत्रको सुधारः शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताउनुभयो ।

    आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उहाँले शिक्षामा भौतिक पूर्वाधार, शैक्षिक क्रियाकलाप तथा शिक्षासम्बन्धी कानुन तथा नीतिगत सुधारको कार्य एकैपटक गर्न थालिएको बताउनुभएको हो ।

    मन्त्री पौडेलले नेपालका सबै पालिकामा एक–एक प्राविधिक विद्यालय स्थापना गर्ने र सातै प्रदेशमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको लक्ष्य रहेको छ भन्नुभयो । उहाँले गण्डकी प्रदेशमा स्थापना गर्न लागिएको नास्टको अनुसन्धान केन्द्र बागलुङमा स्थापना गरिने पनि जानकारी दिनुभयो ।

    दुबै तालिम बिपी कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको आयोजनामा बागलुङको गलकोटमो आयोजना गरिएको हो ।

    तालिममा जिल्लाका २५ क्रियाशील पत्रकार र विज्ञान विषयका १० भन्दा बढी विद्यालयका विद्यार्थी सहभागी रहेका उक्त विकास समितिका कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिनुभयो ।

    images
    बिहिवार, चैत्र १० २०७८०७:२८:५७

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल