Oct 29 2026 | २०८३, कार्तिक १३गते

IQ किङ्ग कुमार तिमल्सिनाका १५ टिप्स

IQ किङ्ग कुमार तिमल्सिनाका १५ टिप्स

  • 3.0K
    SHARES

  • IQ किङ्ग  कुमार तिमल्सिनाका १५ टिप्स

    योग्य र दक्ष जनशक्तिलाई निष्पक्ष रुपमा छनोट गरि सरकारी सेवामा नियुक्तिको लागि सिफारिस गर्ने र सरकारलाइ कर्मचारीको भर्ना पदोन्नती लगायत कर्मचारी प्रशासनका विविध पक्षमा कानुन एवं नीति निर्माणको क्रममा सुझाव दिनको लागि एक स्वतन्त्र सवैधानिक निकायको परिकल्पना गरिए अनुसार वि.सं. २००८ साल असार १ गते (तदनुसार १५ जुन १९५१ ई.स) नेपालमा लोक सेवा आयोगको स्थापना भएको हो । स्थापना कालदेखि नै लोकसेवा आयोगले आम जनताको मन जित्न सफल भइ सबैको भरोसाको केन्द्र बनेको छ। निष्पक्षता र तटस्थताले नै स्थापना कालदेखि प्रति वर्ष युवाहरु सरकारी सेवामा प्रवेश गर्ने आकर्षक बढेको छ।                               

      १. लोकसेवाको तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यलाई कायम राख्नुपर्छ । पढ्दा जहिलेपनि एउटा ढाँचारखाका निर्माण गरेर पढ्नुपर्छ ।   

    २. आफ्ना कमजोरीहरू नलजाई पत्ता लगाउनुपर्छ, जुन विषयमा आफूलाई कमजोर भएजस्तो लाग्छ त्यसमा थप मेहनत गर्नुपर्छ ।

    ३. सबै विषय र शीर्षकमा औसत ज्ञान राख्नुपर्छ । एउटा विषयमा राम्ररी जान्ने तर अर्कोमा फेल नै हुने अवस्था आयो भने लोकसेवाको परीक्षा पास हुने सम्भावना रहँदै रहँदैन ।                                                 

    ४. खरिदार र सुब्बाको तयारी गर्नेहरूले सूचनात्मक तरिकाले उत्तर दिनुपर्छ, शाखा अधिकृतको तयारी गर्नेहरूले विश्लेषणमा जोड द्निुपर्छ ।                                     

      ५. शाखा अधिकृतको लागि चौथो पत्र छान्दा आफूलाई सजिलो लाग्ने वा आफूले पढेकै विषय छान्नुपर्छ, साथीभाइको लहलहैमालागेर चौथो पत्र छान्नु हुँदैन ।                       

    ६.सामान्य ज्ञान (जीके) चाहिँ घोक्नैपर्ने विषय हो । तर खरिदारका लागि पढ्ने जीके अधिकृतका लागि पनि काम लाग्छ ।

    ७.आइक्युले मान्छेलाई नयाँपनको आभास गराउँछ । आइक्युमा राम्रो गर्न सक्ने विद्यार्थीले अरू सबैमा राम्रो गर्न सक्छ ।                     

    ८. आफूले पढेका कुरामा स्पष्ट धारणा बनाउनुपर्छ । पढ्दा सकेसम्म दिमागमा सो विषयको चित्र नै उतारेर पढ्नुपर्छ । पढेको विषयमा पनि स्पष्ट धारणा बनेन वा सामान्य जानकारी पनि रहेन भने चाहिँ सोही विषयमा थप मेहनत गरिहाल्नुपर्छ ।                       

     

     ९. गुणन, भाग, जोड र घटाउका सामान्य नियमहरू जान्नुपर्छ । परीक्षामा हिसाब गरेर बस्यो भने काम लाग्दैन । अहिले त क्याल्क्युलेटरको प्रयोगले मान्छेले आफैंलाई विश्वास नगर्ने अवस्था आइसक्यो ।             

    १०. लेख्ने पेपरमा पढेर मात्रै पुग्दैन । हरेक दिन १५ मिनेट पढेर १५ मिनेटमै एउटा प्रश्नको उत्तर लेख्ने बानी विकास गर्नुपर्छ । यसले आफूलाई राम्रो मात्रै बनाउँदैन परीक्षाको लागि पनि सजिलो हुन्छ ।                                 

    ११. कुन कुरालाई कहाँ राख्ने भन्ने कुरामा चाहिँ ख्याल गर्नुपर्छ । शव्द चयन र सिलसिला मिलाएर लेख्न सक्नुपर्छ ।                       

    १२. हरेक शीर्षकमा एउटा धारणा चाहिँ बनाउने । जस्तै मुसहर जातिको बारेमा परीक्षामा लेख्न आयो, तर यसका बारेमा आफूलाई केही पनि थाहा भएन । तर त्यसमा पनि नेपालमा विभिन्न जात–जाति धर्म संस्कृति छन् । त्यसमध्ये मुसहर पनि एक हो । यसका पनि आफ्नै प्रकारका विशेषता छन् । मुसहर समुदायका मान्छेले आफ्नो जाति अनुसारका चाडपर्व खुब रमाइलो गरेर मनाउँछन् । त्यसैले मुसहर जाति पनि नेपालको एउटा महत्वपूर्ण जाति हो भनेर चाहिँ लेख्नसक्ने बन्नुपर्छ ।                               

    १३. लोकसेवाको परीक्षा भनेको सुन्दरी प्रतियोगिता हो, त्यहाँ कसलाई राख्ने भनेर मात्रै जाँच लिइएको हो । हैन भने जागिरका लागि सबैजना पहिल्यै योग्य हुन्छन् । त्यसैले जाँचकीको नजरमा भ्रम छर्नेगरी उत्तर लेख्नुपर्छ ।                                           

    १४. पहिलेदेखि नै राम्रो गर्दै आएको विद्यार्थीले एक महिना पढेपनि नाम निकाल्न सक्छ । अरू सामान्य विद्यार्थीले ६ महिनासम्म कम्तीमा दिनको पाँच घण्टा पढ्यो भने नाम निकाल्छ ।                                           

     १५. तनाव राखेर पढ्नु हुँदैन । आफूले राम्रै गर्दागर्दै पनि नाम निस्किएन भने चाहिँ आफ्नो शैली बदलेर पढ्नुपर्छ ।

    images
    शनिवार, श्रावण ३० २०७८०४:००:४४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल