Oct 28 2026 | २०८३, कार्तिक १२गते

कक्षा १२ लगायत सबै तहको परीक्षा स्थगित हुने !

कक्षा १२ लगायत सबै तहको परीक्षा स्थगित हुने !

  • 3.0K
    SHARES

  • कक्षा १२ लगायत सबै तहको परीक्षा स्थगित हुने !

    सरकारले कक्षा १२ लगायत सबै तहको परीक्षा स्थगित गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले परीक्षाहरु स्थगित गर्ने कदम चाल्न लागेको हो ।                                                                                     

    आज स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै तहको परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफरिस गरेको खुलाएका छन् । उनले ट्वीट गर्दै निकट भविष्यमा हुन लागेको सबै परीक्षा स्थगत गर्न स्वास्थ्य मन्त्रालय शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराए ।                                                                           

    स्वास्थ्य मन्त्रालयले नै परीक्षा स्थगत गर्न सिफारिश गरेपछि स्थगन हुने संकेत देखिएको छ । परीक्षा स्थगत गर्न सर्वत्र दबाब बढेको छ । चिकित्सक र विज्ञहरुले नागरिकको जीवनरक्षाका लागि परीक्षा स्थगत गर्नुपर्नेमा जोड दिएका छन् ।                                                                                           

    सरकारले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न स्वीकृती दिएपछि कक्षा १२ को परीक्षा साउनको अन्तिमबाट सुरु गर्ने गरी सूचना जारी भएको थियो । त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयले परीक्षा तालिका नै सार्वजनिक गरी सूचना जारी गरेका थिए । अब बै परीक्षाहरु स्थगत हुने निश्चितप्रायः भएको छ ।

    images
    शुक्रवार, श्रावण २२ २०७८१०:५५:३३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल